मुगु — सोरु गाउँपालिका–६ की जालगेडी रोकाया पिठ्युँमा दुधे बच्चा बोकेर बिहीबार खाद्य डिपोमा लाइन बस्न बाध्य भइन् । चामल वितरण गर्ने थाहा पाएपछि कोदो गोड्न छोठेरै डिपोमा पुगेकी थिइन् उनी । चर्को गर्मीबीच लाइन बसेको एक घण्टापछि २५ केजी चामल पाउँदा जालगेडीले लाइनमा उभिएको सबै दुःख बिर्सिएको बताइन् ।
ु१२ जना जहान छौं, घरमा खाने अन्न नाइँ । दुई बोरा चामल पाइने आसमा पिडोमा आएकी थिएँ । धौधौ गरी एक बोरा पाएँ । यति चामल कति दिन पो पुग्ला र १,ु जालगेडीले पनिसा पुछ्दै भनिन् ।
एक हातमा पैसा र अर्को हातमा जेउरो बोकेर ५६ वर्षीय मुनलाल कुमाल पनि आधा घण्टा लाइनमा उभिएपछि बल्ल २५ केजी चामल पाएर मुस्कुराउँदै कोठातिर लागे ।
बिहीबार सोरुकोट खाद्य डिपोमा चामल बाँड्ने भएपछि कतिपय महिलाहरू बालबालिका काखीमा च्यापेर र वृद्धवृद्धाहरू लठ्ठी टेकेरै लाइनमा उभिए । चामलको प्रतिक्षामा उनीहरूको बाक्लो भीड नै लागेको थियो ।
ढोकामा उभिएका सुरक्षाकर्मीहरूलाई पालैपालो गरी नाम उच्चारण गर्दै २५ केजीको चामलको बोरा दिन भ्याइनभ्याइ थियो । उपभोक्ताको भीडले चामल वितरण गर्न मुस्किल भएको सोरुकोट बर्मा प्रहरी चौकी इन्चार्ज चक्रबहादुर बुढाले बताए ।
खाद्यान्न अभावले गर्दा खाद्य डिपो खोल्नुभन्दा एक घण्टा पहिलेदेखि नै डिपोमा स्थानीयहरूको भीड लागिसकेको बुढा बताउँछन् । बिहीबार चामल वितरण गर्दा गर्दै गोदामको एक सय प्याक चामल सकिँदा लाइनमा बसेका कतिपय स्थानीयहरू भने रित्तै फर्किन बाध्य थिए ।
लाइनमा उभिएका अधिकांश स्थानीयहरू भने घरमा अनाज सकिएपछि डिपोमा धाउन बाध्य भएको बताउँछन् । सोरु गाउँपालिकाको आठ गाउँ भीई, नार्थुपु, जवलधारा, नचारा, जिमा, पुरुमपुरु, कालै, रावलबाडा लगायत दुई दर्जनभन्दा बढी क्षेत्रमा खाद्यान्न देखिएको हो ।
हरेक वर्ष जेठबाली गहुँ र जौ राम्रो उत्पादन हुने भए पनि चैतरवैशाखपछि संकलित खाद्यान्न सकिएको स्थानीयहरूको भनाइ छ ।
ुबारीमै उब्जनी गरेको जौ र गहुँ पनि अब सकिन थाल्यो । बजारमा किनमेल गर्न जाँदा पनि पर्याप्त सामान पाइँदैन । हाम्रो ३५ घरधुरी रहेको दलित बस्ती रावलबाडामा खाद्यान्न अभाव व्यापक छ,ु रावलबाडा गाउँका जाड नेपालीले बताए ।
तर खाद्य डिपोमा नै चामल नपाउँदा झन मुस्किल भएको उनको भनाइ छ । साथै निर्माणका काम र अन्य ज्यालादारीबाट कमाएको पैसाले स्थानीयहरू महंगोमा अन्न किनेर खान बाध्य भएका हुन् ।
सडक अवरुद्ध हुँदा खाद्यान्न अभाव
झरीले सडकका विभिन्न ठाउँमा पहिरो गई अवरुद्ध हुँदा यहाँका ब्यापारीहरूले पनि चामल, नुन लगायतका दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सकिरहेका छैनन् । बजार क्षेत्रका ब्यापारीहरूले नै दैनिक उपभोग्य सामग्री ढुवानी गर्न नसक्दा त्यसको असर गाउँगाउँका उपभोक्तालाई पनि परेको स्थानीय अगुवाहरू बताउँछन् ।
जसकारण लामो समयदेखि बजारमा पनि उपभोग्य वस्तु कम हुँदै गर्दा स्थानीयहरू डिपोतिर धाउन थालेका हुन् ।
यसैबीच गमगढी सोरुकोट सडक पहिरोका कारण अवरुद्ध हुँदा सोरुकोट बजार क्षेत्रमा नै पछिल्लो समय चामल अभाव देखिएको स्थानीय ब्यापारी धिरजंग मल्लले बताए ।
बजारमा खाद्यान्न नपाएपछि ठूलो संख्यामा उपभोक्ताहरू खाद्य डिपोमा चामलका लागि लाइन बस्दा वितरण समस्या देखिएको पनि डिपोका कर्मचारीहरूको भनाइ छ ।
ुगोदाममा १ सय प्याक मात्र चामल जगेडा छ । तर उपभोक्ताहरू धेरै आउनुभएको छ । कसरी वितरण गर्ने समस्या छ,ु डिपोका कर्मचारी सिंहबहादुर रोकायाले भने, ुगोदाम खोल्ने बित्तिकै उपभोक्ताहरूको ठूलो भीड लाग्छ । सबैलाई बाँड्न पर्याप्त खाद्यान्न नहुँदा कसरी वितरण गर्ने समस्या हुन्छ ।ु
यसैबीच चालु आर्थिक वर्षको बिक्री कोटा चामल सकिएको हुँदा अब अर्को ठेक्का स्वीकृत नहुँदासम्म डिपो खाली नै हुने पनि रोकायाले बताए ।
EKantipur