शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिरासतमै थाई विदेशमन्त्री र सुकीबीच भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
हिरासतमै थाई विदेशमन्त्री र सुकीबीच भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जकर्ता । थाइल्यान्डका एक जना वरिष्ठ कूटनीतिज्ञले म्यान्माका अपदस्थ नेत्री आङ सान सुकीलाई गत सप्ताहन्तमा हिरासतमा भेटेको बताउँदै उनले द्वन्द्वग्रस्त म्यान्माको सङ्कट समाधानका निम्ति वार्तामा संलग्न हुन खुला रहेको जानकारी दिएको बताएका छन् ।

सन् २०२१ को फेव्रुवरी १ मा सेनाले नेत्री सुचीको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जामा लिएर उनको राजनीतिक दल नेशनल लिग फर डिमोक्रेसीका अन्य अधिकारीलाई हिरासत राखेपछि थाई विदेश मन्त्री डोन प्रमुडविनाइले उनलाई पहिलोपटक भेटेका हुन् । नेत्री सुकी पक्राउ परेपछि पहिलोपटक उनलाई भेट्ने म्यानमार बाहिरको पहिलो सरकारी अधिकारी थाइ विदेशमन्त्री प्रमुडविनाइ हुन् ।

इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसीयान) का विदेशमन्त्रीहरूको बैठकमा थाइल्याण्डका विदेशमन्त्रीले नेत्री सुकीसँगको भेटवार्ताबारे जानकारी दिँदै उनको स्वास्थ्यमा कुनै समस्यमा नरहेको बताए । म्यान्माको वर्तमान सङ्कट समाधानका निम्ति वार्ता हुनुपर्नेमा नेत्री सुकीले जोड दिएको र त्यसनिम्ति आफू तत्पर रहेको बताएका थाई विदेशमन्त्री प्रमुडविनाइले जानकारी दिए । ‘म्यान्मा समस्या समाधानको बाटो खोजिरहेको’ नेत्री सुकीले बताएको उनले जानकारी दिए ।

सेनले सत्ता कब्जा गरेपछि त्यसको सशस्त्र प्रतिरोधमा व्यापक बल प्रयोग हुँदा सयौँले ज्यान गुमाएका छन् देश अराजकतातर्फ उन्मुख भएको छ । संयुक्त राज्य अमेरिकाका साथै युरोपेली मुलुकका सरकारले म्यान्माको सैन्य सरकारमाथि प्रतिबन्ध लगाएका छन् । उनीहरूले सुचीसहितका अन्य सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्। म्यान्मा सङ्कटलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय दबाबमा आसियान रहेको छ । सङ्गठनले म्यान्माका जनरलहरूलाई बैठकहरूमा भाग लिनबाट रोकेको छ । म्यान्मा सङ्कट समाधानका योजनाप्रति उसले बेवास्ता गरेकाले सङ्गठनले म्यान्मालाई बैठमा सहभागी हुनबाट रोकेको हो ।

म्यान्माका सैनिक शासकले आसियानलाई एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारभूत सिद्धान्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् । आसियान नेताहरूले पाँच–बुँदे शान्ति योजना कार्यान्वयन गर्न आह्वान गरेका छन् ।

यो पनि पढ्नुहोस्

 हुसेन सलामीको मृत्यपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त

 हुसेन सलामीको मृत्यपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त

७ घण्टा अगाडि
एयर इसण्डयाको एआई–१७१ दुर्घटनाले सिंगाे विश्व स्तब्ध

एयर इसण्डयाको एआई–१७१ दुर्घटनाले सिंगाे विश्व स्तब्ध

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक