काठमाडौं । डिजिटल फष्ट बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एन आई सी एशिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।
यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफूलाई आएको रेमिटेन्स रकम यसै बैंकमा रहेको खातामा डिपोजिट गर्न सक्नेछन् । डिजिटल कारोबारमा आम ग्राहकहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि बैंकको रेमिटेन्स आइकनमा ट्याप गरेर रिसिम रेमिटभित्र आफूलाई प्राप्त रकम र पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने जनाइएको छ ।
यस सेवापश्चात् ग्राहकहरुलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।