काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध तेस्रो सफलता दिलाएका छन् ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १५ ओभरको तेसो बलमा तेस्रो विकेट गुमाएको हो । ब्राण्डनलाई ३२ रनमा सन्दीपले आउट गराएका हुन् । उनले ब्राण्डन र कप्तान शाई होपको साझेदारीलाई पनि तोडेका छन् ।
नेपालको बलिङमा प्रमुख हतियार मानिएका सन्दीप यसअघि जिम्बाबे र अमेरिकाविरुद्ध भने विकेटविहीन बनेका थिए । यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिएका हुन् । यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले १५.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ ।