काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय श्रोतले जानकारी दियो ।
दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल समेत भएको बताइएको छ ।
विप्लवसहित माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि मोर्चाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुन सुरु गरेका छन् ।