काठमाडौँ / उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच बुधबार भेटवार्ता भएको छ । रक्षा मन्त्रालयका अनुसार उनीहरुबीच दुई मुलुकको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त अवसरमा उपप्रधानमन्त्री खड्काले नेपाल र अस्ट्रेलियाबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको कुरा व्यक्त गरेका थिए ।
खड्काले नेपाली सेना र अस्ट्रेलियाको सेना बीचको सहयोग आदानप्रदान गर्ने प्रशस्त संभावना रहेको कुरा उल्लेख गरे । उनले दुई देशको सेनाबीच विभिन्न प्रकारका तालिम एवं शैक्षिक कार्यक्रमहरु आदानप्रदान गर्ने कार्य हाल भइरहेको र भविष्यमा पनि निरन्तरता हुने विचार व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।