काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सुरु गरेको छ।
आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा महानगरपालिकाले एक विद्यालयका लागि एक नर्स कार्यक्रमको सुरु गर्ने जनाएको छ।
महानगरका प्रमुख बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न ’एक विद्यालय एक नर्स’ र विद्यालयमा मनोसामाजिक परामर्शको लागि ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’ परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भएरनभएको अनुगमन गर्नुका साथै सामुदायिक विद्यालयका छात्राहरुका लागि निस्शुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गरिने जनाइएको छ।
सामुदायिक विद्यालयहरूको सुन्दरता बढाउन विद्यार्थीहरूको सहभागितामा सम्पूर्ण विद्यालयहरूलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउनका लागि स्वर्णिम योजनाका रूपमा सुन्दर विद्यालय परियोजना सञ्चालनमा ल्याइने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
जसका लागि विद्यार्थीहरुको संलग्नतामा क्लब गठन गरी ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमसँग यस परियोजनालाई आबद्ध गरी सञ्चालन गरिन महानगरपालिकाका प्रमुख बालेन शाहले जनाएका छन्।
न्।