काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो ।
अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ ।
उहाँहरू समूह नै बनाएर निर्वाचनमा होमिनुभएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले साँझ ४ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभयो ।
निर्वाचनमा आठ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन हुनेछ । रासस