रौतहट । चन्द्रपुर नगरपालिका-१ पौराहीमा मधेश प्रदेश ३-०२६ प ९८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय शिशिर माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।