काठमाडाैं ।थाहा संवाददाता | ४४ मिनेट अघि अ अ अ काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।
गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन एक हजार ६०० रुपैयाँ घटेर कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको भइरहेको छ। गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
तेजाबी सुन आज प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो।