शनि, मंसिर १६, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सभापति एक्लैले गरेका गल्ती सहेर बस्न सकिँदैन : गगन थापा

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
सभापति एक्लैले गरेका गल्ती सहेर बस्न सकिँदैन : गगन थापा

कांग्रेस अहिले भोट पाएको तर विश्वास गुमाएको अवस्थामा छ । विश्वास स्थापना गर्नु अहिलेको चुनौती हो : कांग्रेस महामन्त्री गगन थापा

ऋषिराम पौड्याल

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरुले सहेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

पार्टीक सभापतिले महत्त्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरुसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै उनले नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न नसक्ने बताए ।

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री थापाले गणेशमान र बीपी कोइरालाले बनाएको पार्टीलाई बदलेर छाड्ने बताए ।

कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको भन्दै उनले भने, ‘कांग्रेस बदल्ने गुटलाई बलियो बनाउँदै जाऔं, नबदल्ने गुटलाई कमजोर बनाउँदै जाऔं । कुनै विषयको निर्णय गर्दा आम जनताले के भन्छन् भन्ने सोच्नुपर्नेमा पार्टीले गर्ने अहिलेको निर्णय प्रधानमन्त्री हुन्छु कि हुन्न भन्नेमा केन्द्रित छ । हामी सानासाना कुरामा लोभिएका छौं ।’

कांग्रेस सहभागी भएको सरकारले केही दिनअघि गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्व र जनचासोका विषयमा निर्णय गर्दा पनि पार्टीमा छलफल नभएको भन्दै महामन्त्री थापाले आक्रोश पोखेका थिए । रेशम चौधरीलाई दिएको आममाफी, नागरिकता प्रमाणीकरण, प्रदेश सरकारमा कांग्रेसको सहभागिता, प्रदेश मन्त्रालय फुटाउने, सांसद विकास कोषलगायतका कयौं विषयहरुमा उनले असन्तुष्टि जनाएका हुन् । ती सबै निर्णय पार्टी सभापति शेरबहादुर देउवाले एक्लै गरेको भन्दै महामन्त्री थापाले यस्ता सूचना आफूले सञ्चारकर्मीका समाचार सुनेर थाहा पाएको बताए ।

‘यस्तो परिपाटी डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । सभापति हो उहाँले कुनै न कुनै दिन गर्नुहुन्छ भन्ने लाग्यो । पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरे विभाग बन्छ नत्र बन्दैन । अस्ति उहाँलाई विभाग गठन गर्न मन लाग्यो गर्दिनुभयो । अहिले उहाँलाई गर्न मन लागेको छैन गर्नुभएन । कलम खल्तीमा राख्नुभएको छ निकालेर हस्तक्षर गरे विभाग बन्छ, नत्र बन्दैन,’ उनले भने ।

पार्टीमा गलत भएको कुरा बोल्न डराउने गरेको भन्दै उनले अब आफूले यस्ता कुरा नसहने बताएका थिए । पार्टीको आधारभूत मान्यतासँग बाझिने गरेर गरेका निर्णय पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था आएको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए । र यसरी नेतृत्वले गरेको गलत निर्णयको भारी बोकिनै रहने हो भने थेग्न नसकिने उनको भनाइ थियो ।

‘पार्टीभन्दा गुट बलियो भएर गुट विस्तारै गिरोहमा बदलिनेछ । उम्मेदवार गुटले छान्नेछ । पार्टीभन्दा गुट ठूलो हुने प्रवृत्ति बढेको छ । निर्वाचनको टिकट बाँड्दा दाइ भए भाउजु छान्छ, बुबा भए छोरा छान्छ । दिदी भए भिनाजु छान्छ । आमा भए छोरी छान्छ ।’

यस्तो अवस्था आउनुमा कुनै व्यक्तिको भन्दा पनि पद्धति नै यस्तै बनाएको उनले बताए । ‘कांग्रेस अहिले भोट पाएको तर विश्वास गुमाएको अवस्थामा रहेको छ । विश्वास स्थापना गर्नु अहिलेको चुनौती हो,’ थापाले भने ।

तर कांग्रेसलाई अहिलेकै अवस्थामा राखेर विश्वास स्थापना गर्न नसकिने उनको गुनासो थियो । यसैबीच उनले नेपालको राजनीतिक डरलाग्दो पाराले लोक रिज्याइँको बाटोमा उद्धत हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

५ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

८ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

५ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

८ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

 विद्युत् सर्ट भएर घरमा आगलागी

८ घण्टा अगाडि
चुनावका बेला गरेको बाचा बिर्सिएको छैन : गृहमन्त्री

आज रास्वपाका सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै

८ घण्टा अगाडि
विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

८ घण्टा अगाडि
कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

९ घण्टा अगाडि

लोकप्रिय

  • न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

    बादीप्रथा, टिकटक र यौनिकता चित्रकला

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

    0 shares
    Share 0 Tweet 0
  • आज रास्वपाका सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै

    0 shares
    Share 0 Tweet 0
  • प्रभु बैंकले बैंक अफ दि इयरको अवार्ड पायाे

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist