काठमाडौं । सुनको मूल्यमा बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च रहेको नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य एक लाख १२ हजार पाँच सय पुगेको छ ।
बुधबार एक लाख १२ हजार रुपियाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपियाँले बढेर एक हजार ४१० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।