शुक्र, कार्तिक २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध मुद्दा दायर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध मुद्दा दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले यादव सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गतेदेखि २०७९ असाल मसान्तसम्मको अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

प्रवक्ता दाहालका अनुसार यादवले सेवा अवधिमा समग आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ निज र निजको एकासङ्गोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बिमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण–सापटीको साँवाव्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व–कर तिरेको र बैंक मौज्दातसमेत गरी उक्त रकम लगानी र खर्च गरेको देखिएको छ ।

दुई करोड ७७ लाख २२ हजार ५० रुपियाँ आर्य आर्जन गरेकोमा वरिष्ठ निरीक्षक यादवले वैध आय अनुपातमा सोही अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ । यादवको कुल वैधानिक आयलाई गरेको कुल व्यवसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआएको प्रवक्ता दाहालले अनुसन्धानबाट खुलेको बताउनुभयो ।

प्रवक्ता दाहालका अनुसार यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको छ ।

यो पनि पढ्नुहोस्

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

मतदाता नामावली संकलन ५ दिन म्याद थप

५ घण्टा अगाडि
प्रधानमन्त्रीलाई जेनजीले बुझाए सम्झौताको मस्यौदा, संविधान सुधार आयोग गठनको प्रस्ताव

प्रधानमन्त्रीलाई जेनजीले बुझाए सम्झौताको मस्यौदा, संविधान सुधार आयोग गठनको प्रस्ताव

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

‘जेरी अन टप’ सबैभन्दा बढी कमाउने चलचित्र बन्याे

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

भारतीय प्रहरीको व्यापक छापामारी

भोजपुर–काठमाडौं हवाई उडान थप

आम नागरिकको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक