बिहि, जेष्ठ ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

आरोहीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आरोहीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।१६ओैँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना सन्देश दिँदै उहाँले पर्वतारोहणमा प्रविधिको बढ्दो उपयोगका कारण सगरमाथा आरोहण सुरुआती साहसिक पर्यटनका तुलनामा लोकप्रिय हुँदै गएको र विश्वभरिबाट आरोहीको सङ्ख्यासमेत बढ्दै जाँदा सगरमाथामा मानवीय दबाब थपिँदै गएको अनुभव भएको उल्लेख गर्नुभएको छ ।

“प्रकृतिप्रदत्त अमूल्य सम्पदाका रूपमा रहेको सगरमाथासँगै हिमालको स्वच्छता कायम राखी प्रकृति र वातावरण संरक्षणमा विश्वसमुदायसँग मिलेर काम गर्न दिवसले हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

विश्वको तेस्रो मानिने हिमाली क्षेत्रमा आज जलवायु परिवर्तनको प्रत्यक्ष असर देखा परिरहेको छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिउँ पग्लिनेक्रम बढ्न गई हिमाल ‘काला पत्थर’मा परिणत हुँदै गरेको, हिमताल विस्फोटको जोखिम बढेको, वर्षातकाे प्रवृत्तिमा परिवर्तन भई अनावृष्टि, अतिवृष्टिका साथै बाढी र पहिरालगायतका प्राकृतिक विपद्को सामना गर्नु परिरहेको उहाँको सन्देशमा जनाइएको छ ।

संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथाको पहिलो आरोहण एक ऐतिहासिक घटना भएको र त्यसले नेपाललाई ‘सगरमाथाको देश’का रूपमा विश्वभर ख्याति पहिचान दिलाएको उल्लेख गर्दै उहाँले त्यसयता पर्वतारोहणमा रुचि राख्ने संसारभरिका साहसी पर्यटकका लागि सगरमाथा सपनाको गन्तव्य बनेको र देशको पर्यटन उद्योगको प्रवर्द्धन तथा विकासमा उल्लेखनीय योगदान पुगेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङल्हामु शेर्पाको स्मरण गर्दै हालसालै सगरमाथा आरोहण गरी विभिन्न ढङ्गले कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, हरिबहादुर बुढामगरलगायत सम्पूर्ण सगरमाथा आरोहीमा शुभकामना दिनुभएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रथम मानव पाइला टेकिएको ७० वर्ष पुगेको छ । नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथा आरोहण गरेको दिनको स्मृतिमा वि.सं. २०६४ देखि जेठ १५ (२९) मे लाई ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’का रूपमा मनाउने परम्परा स्थापित भएको छ ।  रासस

यो पनि पढ्नुहोस्

सरकारले लिएको दमन नीति लोकतान्त्रिक मर्मविरुद्ध विपरीत

सरकारले लिएको दमन नीति लोकतान्त्रिक मर्मविरुद्ध विपरीत

३२ मिनेट अगाडि
भिजिट भिसाकाे छानबिन समिति बनाउन विपक्षी दलहरू एक मत

भिजिट भिसाकाे छानबिन समिति बनाउन विपक्षी दलहरू एक मत

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

नेपाललाई ग्रे लिस्टमा फसाइराख्ने खेल !

भिजिट भिसा प्रकरणमा उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने

पाँच जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटना

अहमदावाद विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री सवार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक