बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

संविधानमा भएका प्रावधानहरुलाई नागरिकसमक्ष पुर्‍याउन सकिएकाे छैन : मन्त्री शर्मा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
संविधानमा भएका प्रावधानहरुलाई नागरिकसमक्ष पुर्‍याउन सकिएकाे छैन : मन्त्री शर्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिकसमक्ष पुर्‍याउन नसकिएको जनाएकी छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन्।

उनले कानुनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुनेकुरा उल्लेख गरे पनि कानुनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरु बलात्कारको मुद्दामा परिरहेको जनाइन्।

उनले कानुन लक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेहरुको संख्या बढी रहेको जनाइन्।

उनले पैतृक सम्पतिको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताइन्। मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने जनाइन्।

उनले भनिन्, ‘अहिले पनि कस्तो अवस्था छ भने हामीले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै सकेका छैनन् । बुझ्नै सकेका छैनन् । त्यहाँसम्म हामीले पु¥याउनै सकेका छैनौँ । संविधानमा, कानूनमा व्यवस्था गरेका छौँ, व्यवहारमा लागू भइरहेको छैन । किनभन्दा कतिपय कुरा थाहा छैन, कतिपय कुरामा हाम्रो समाज यस्तो छ की सोसाइटीले एडेप्ट गर्न सकिरहेको छैन । हाम्रो कानूनले, हामीले गरेको व्यवस्थाले १८ वर्ष मुनिका महिलाहरुसँग राखिने शारीरिक सम्बन्ध बलात्कार हो भनेर कानूनले चिन्छ । तर भटाभट युवाहरु बलात्कारको मुद्दामा परिरहेका छन् । जान्दा जान्दै त्यो गल्ती गर्ने कति होलान् रु अन्जानमा गल्ती गर्ने कति होलान् रु ठूलो संख्या नजानेरै गल्ती गर्नेमा छन् जस्तो लाग्छ । यस्ता कुरा हामीले जनतामाझ लैजान सकेका छैनौँ। उनीहरुलाई कसरी सजग बनाउने भन्नेजस्ता कार्यक्रम चलाउन जरुरी छ । हामीले कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाएर हुन्छरु गणतन्त्रपछिको उपलब्धिहरुको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक छ।’

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरु उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन्। उनले राजनीतिक दलहरुले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन्। उनले सञ्चारमाध्यमहरुमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिष्पर्धा हुनुपर्ने जनाइन्।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

४ घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक