शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नियमविपरीत चिकित्सा शिक्षा आयोगमा प्रशासन सेवाका सहसचिव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नियमविपरीत चिकित्सा शिक्षा आयोगमा प्रशासन सेवाका सहसचिव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कृषि मन्त्रालयका सहसचिवलाई चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेपछि आयोगले आपत्ति जनाएको छ । आयोगका सदस्य सचिव डा भोजराज काफ्लेको कर्णाली प्रदेशमा सरुवा भएपछि सो पद रिक्त भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको बिहीबार कृषि मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीलाई आयोगमा सरुवा गरेपछि विरोध शुरु भएको छ । आयोगको सहमतिबेगर सरुवा गरेपछि आयोगले आपत्ति जनाएको हो ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले पत्रपत्रिकामा प्रशासन सेवाको सहसचिवको आयोगमा सरुवा भएको सुनेको छु, यसबाहेक कुनै जानकारी छैन । तर आयोगमा शिक्षा सेवाकै सहसचिव आउनुपर्ने व्यवस्था भए अनुसार सोही अनुसार हुनुपर्ने उनको भनाइ थियो ।

आयोगको वैशाख अन्तिममा भएको कार्यकारी समितिको बैठकले शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको नाममा सहमति दिएको थियो । तर मन्त्रालयले आयोगको सिफारिस लत्याउँदै शिक्षाको दरबन्दी भएको स्थानमा प्रशासनको कर्मचारी पठाएको हो । आयोगमा अघिल्लो सदस्य सचिवको करिब ६ महिना नपुग्दै सरुवा हुँदा विवाद भएपछि आयोगमा सदस्य सचिवको सरुवा गर्न सहमति लिने निर्णय भएको थियो ।

‘करिब एक वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगको सहमतिमा मात्र सदस्य सचिव ल्याउन सिफारिस गर्ने निर्णय गरेको हो’ –उपाध्यक्ष प्राडा गिरीले भने। आयोगका उपाध्यक्ष प्राडा गिरीले छोटो समयमा सदस्य सचिव सरुवा हुन थालेका कारण आयोगको सहमतिलाई अनिवार्यजस्तै बनाइएको बताए। उनले मुख्य सचिव, लोकसेवा आयोग, स्वास्थ्य तथा जनासंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव र अयोगका पदाधिकारीसहितको बैठकले गरेको निर्णयअनुसार आयोगले शिक्षासेवाको सहसचिवलाई सदस्यसचिवमा सरुवा गर्न सहमति दिएको जानकारी दिए।

शिक्षा सेवाकै कर्मचारी सदस्यसचिव हुनुपर्ने व्यवस्थाअनुसार मन्त्रालयका उच्च शिक्षा महाशाखामा कार्यरत सहसचिव काप्रीको नाममा सहमति दिएको उपाध्यक्ष प्राडा गिरीको भनाइ थियो । उच्च स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समेत सहसचिव काप्रीलाई आयोगमा सरुवा गर्न शिक्षा सचिव रामकृष्ण सुवेदीलाई निर्देशन दिएका थिए। ‘सचिव सुवेदीले मन्त्रीको निर्देशन अवज्ञा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लबिङ गरेर प्रशासनको सहसचिव पराजुलीलाई आयोगमा ल्याउन सफल हुनुभएको हो’ –स्रोतले भन्यो ।

शिक्षा सेवाको अस्थायी दरबन्दी स्वीकृत भएको आयोगमा प्रशासन सेवाका कर्मचारीको सरुवा भएपछि शिक्षासेवाको सहसचिवको पद खोसिएको छ । आयोगको प्रकृतिअनुसार परीक्षा र पढाइसँग जोडिएका अधिकांश काम शिक्षासेवाका कर्मचारीले बुझ्न सक्ने भएकाले स्थापनाकालदेखि नै आयोगमा सदस्य सचिव शिक्षा मन्त्रालयकै हुने व्यवस्था भएको थियो ।

तर अहिले अकस्मात् प्रशासनको कर्मचारी आयोगको सदस्यसचिव पदमा सरुवा भएपछि शिक्षामा भाँडभैलो भएको छ । स्रोतका अनुसार गण्डकी प्रदेशमा कार्यरत शिक्षासेवाका सहसचिव अणप्रसाद न्यौपाने शिक्षा मन्त्रालयमा फर्किएपछि उनको दरबन्दीअनुसार बस्ने ठाउँ छैन ।
सचिव सुवेदीले यसअघि सरुवा भएका शिक्षा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव भगवान् अर्यालको पद थमौती गर्न सफल भएका छन् । अर्यालको स्थानमा सहसचिव सुरेश राउतको सरुवा भएको थियो । रमाना लिएर शिक्षा मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी दिन हाजिर हुन आउँदा हाजिर हुन नदिएर सहसचिव राउतको सरुवा भएको छ । सचिव सुवेदीकै जोडबलमा तीन दिनअघि गएको बिहीबार राउतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

५ घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

मौसम विभागसँग निर्वाचनका दिन माैसमबारे सोध्याे

COVID-19 50 people recovered

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक