मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नक्कली भुटानी शरणार्थी प्रकरणको बाढी एमालेतिर खन्याउन खोजिएको उनको दाबी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नीति तथा कार्यक्रम पास हुन दिन्नौँः ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको बाढी एमालेतिर खन्याउन खोजिएको उनको दाबी छ । पछिल्लो पटक संसदमै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद भएको उनले बताए । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षणमा एमाले अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण एमालेले नै चलाएको जसरी प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । एमाले, त्यसमा पनि आफ्नो नजिक रहेका भनिएका मानिसहरुलाई कसरी पोल्ने र त्यसलाई प्रचार गरेर हिलो छ्याप्न खोजिएको उनले बताए । ‘नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल रहेछन् । यसमा को–को सामेल छन्, अदालतमा केस भएकाले म धेरै भन्न चाहन्नँ’ एमाले अध्यक्ष ओलीले भने, ‘तर यो सम्पूर्ण हिसाबले एमालेतर्फ बाढी खन्याउन खोजियो मिडिया, सामाजिक सञ्जाल आदि इत्यादिमा ।’ सरकारको नीति तथा कार्यक्रममा कमजोरी देखाउँदा आफूविरुद्ध सत्तारुढ सांसदले गैरजिम्मेवार टिप्पणी गरेको उनले बताए ।

उनले भने, ‘एक जना माओवादी सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा २ अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चलाउँछु भनेर पित्तलको जलहरी चलाएर भ्रष्टाचार गर्यो भनेर बोले ।’ त्यो भनाइ अनुत्तरदायी मात्र होइन, गैर जिम्मेवारको हद भएको उनले बताए ।

‘रकम दिएपछि सुन कि पित्तल ट्वाक ट्वाक पार्न गएको थिएँ म ?’ उनले भने, ‘यस्ता यस्ता मान्छेहरु संसदमा पुगेका छन् कि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने !’ यसलाई लिएर संसद अवरुद्ध भएको भन्दै उनले भने, ‘हुनैपर्छ संसद अवरुद्ध किनभने यस्तो वकवास … एउटा जँड्याहाले जाँड खाएको तालमा पनि यस्तो बोलेर हिंड्दैन ।’ संसद जस्तो गरिमामय ठाउँमा आधारहीन, जनतामा भ्रम पार्ने कुरा गरिएको उनले बताए ।

उनले भने, ‘कि त पुष्टि हुनुपर्‍यो, पुष्टि हुने त सम्भावनै छैन, नेकपा एमाले, त्यसमा पनि मैले जसले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको छु, त्यही मान्छेविरुद्ध, यो त इमानका शत्रुहरुले गर्ने काम हो ।’ कोही पनि इमानदार छैन भनेर देशप्रतिकै वितृष्णा जगाउनु देशद्रोही काम भएको उनले बताए ।

यो पनि पढ्नुहोस्

FM Dar rubbishes ‘fake, fabricated’ video of Iranian official about Pakistan attacking Israel with nuclear weapons

२ मिनेट अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

चट्याङसहित भारी वर्षाको सम्भावना

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

चट्याङसहित भारी वर्षाको सम्भावना

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक