मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राजधानी काठमाडौं छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो ।

अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ ।

बहुप्रतिक्षित उक्त सुरुङमार्गको दुई टनेलमध्ये मुख्य टनेल छ सय मिटर सुरुङमार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यु’ ९इभ्याकुएसन० टनेल दुई सय १० मिटर जोडिन बाँकी छ । पहिलो चरणमा दुई सय मिटर ‘ब्रेक थ्रु’ गर्ने र मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्ने गरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टका इञ्जिनियर रमेश कोइरालाले जानकारी दिए । उनका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८० मिटर छ ।

“सिस्ने खोलाको प्रवेश विन्दुबाट ९१ मिटर माथि निस्किन्छ । टनेल सिधा नभएर थोरै कर्प ९घुमाएर० बनाइएको छ । यहाँ दुई वटा टनेल निर्माण भइरहेका छन् । एउटा गाडी सञ्चालनका लागि बनाइएको हो”, इञ्जिनियर कोइरालाले भने । उनका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यु गर्नका लागि ३० मिटरको दूरीमा रहने गरी साइडमा अर्को टनेल बनाइएको छ । “त्यो रेस्स्क्यु ९इभ्याकुएसन० टनेल हो । हरेक तीन सय ७५ मिटरमा दुई टनेल जोडिन्छ । उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ”, उनले भने ।

सात ठाउँमा दुई टनेलको जडान गरिने इञ्जिनियर कोइरालाले जानकारी दिए । उनका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साँढे नौ मिटर र कुनैकुनै ठाउँमा १३ मिटरसम्मको हुन्छ । रेस्क्यु ९इभयाकुएसन० टनेल साढे चार मिटरको रहने उनको भनाइ थियो ।

इञ्जिनियर कोइरालाले टनेलबाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेशन ९मुख्य तल्लो प्रवेश विन्दु० मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताए । सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधनमाथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिने गरी सडक निर्माण भइरहेको उनले जानकारी दिए । “त्यसलाई ‘एप्रोच रोड’ भनिन्छ । यसको लम्बाइ साढे दुई किलोमिटरको हुन्छ”, इञ्जिनियर कोइरालाले भने । टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगै सम्पन्न हुने उनको भनाइ थियो ।

‘एप्रोच रोड’ र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशविन्दु नजिकको पहिरो भएको भन्दै इञ्जिनियर कोइरालाले पहिरो नियन्त्रणका लागि काम भइरहेको उल्लेख गरे । उनले सावधानीपूर्वक समन्वयात्मकरुपमा समस्या समाधान गरी काम अघि बढाइएको बताए ।

आजमात्रै यहाँका अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रमा गाडी हिँड्ने गरी कामलाई तीव्रता दिनुपर्ने भन्दै निर्माणका क्रममा आउने सबै समस्या र अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए । उनले एक वर्षमा गाडी नै हिँड्ने गरी निर्माण भइरहेको बताए पनि सुरुङमार्ग निर्माण सम्पन्न हुन अझै डेढदेखि दुई वर्ष लाग्ने आयोजनाका अधिकारीहरुले बताएका छन् ।

यस्तो छ प्रगति

निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ । टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ ।

“टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ । भित्र २४सै घण्टा लाइट र पावर चाहिन्छ । त्यसका लागि पनि काम गर्नुपर्छ । त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ”, आयोजनाका कन्सल्ट्यान्ट इञ्जिनियर रमेश कोइरालाले भने । कोरोनाका कारण एक वर्ष समय थप भइ आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ ।

कहिलेदेखि सुरु भयो सुरुङमार्ग निर्माण

नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि रु २२ अर्ब लाग्ने बताइएको छ । जम्मा खर्चमध्ये रु १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ । सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

४ घण्टा अगाडि
शहीदप्रतिको अपमान असह्य हुने : प्रम  ओली

सांसदहरूले प्रधानमन्त्रीलाई ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोध्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक