शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिलाको मृत्युका विषयलाई लिएर सिन्धुली तनावग्रस्त

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
महिलाको मृत्युका विषयलाई लिएर सिन्धुली तनावग्रस्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

सिन्धुली । गर्भवती महिलाको मृत्युका विषयलाई लिएर फेरि सिन्धुली तनावग्रस्त भएको छ। अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीनबुँदे सहमति भएको केही समयमा नै पुनः आक्रोशित भिड र प्रहरीबीच झडप भएको हो। झडपमा आन्दोलनरत र सुरक्षा निकाय दुबै पक्षका केही घाइते भएका छन्।

झडपमा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको छ। आक्रोशित भिड नियन्त्रणबाहिर गएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको भएको थियो। सम्बन्धित सबै पक्षबीचमा घटनाबारे छानविन गर्न सहमति भएर समिति गठनका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भए पनि पुन भिड नियन्त्रण बाहिर गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। उनका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। प्रहरीले कति फायर गर्‍यो भन्ने एकिन छैन। आक्रोशित भिडले पुनः विपी राजमार्ग अवरुद्ध गराएका छन्। उनीहरु पुनः तोडफोडमा उत्रिएका छन्। पिडित परिवारले सहमति जनाए पनि भिड नियन्त्रण हुन नसकेपछि अस्पतालका सेवा पुनः अवरुद्ध भएको छ।

कमलामाई नगरपालिका ५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसुती गराउने क्रममा सिन्धुली अस्पताल ल्याएकोमा डाक्टरले प्रयोग गरेको सुइका कारण मृत्यु भएको पिडित पक्षको आरोप छ। अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि दिउँसो ३ बजेर २० मिनेट जाँद महोत्तरीको बर्दिबास स्थित ट्रमासेन्टरमा पठाइएको थियो। पाँच बजे चेकजाँच हुँदा गर्भवती महिलाको मृत्यु भएको घोषणा भएपछि पिडितले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक