मोरङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका- ३ खोरिया टोल बस्ने २० वर्षीय नबिन महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महराले ती बालिकालाई आफ्नै घर कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।