काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालयमा सञ्चालन हुँदै आएको नियमित भेटघाट कार्यक्रम स्थगित गरेको छ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले एक सूचना जारी गर्दै प्रधानमन्त्री, उप–प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र विज्ञहरु नेपाल सरकारको नीति, योजना र बजेटमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाट कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
अत्यावश्यक कामको लागि भेट गर्नुपर्ने भएमा प्रमुख राजनीतिक सल्लाहकार र सम्बन्धित मन्त्रीका स्वकीय सचिवालयमा सम्पर्क गर्नसमेत सूचनामार्फत अनुरोध गरिएको छ ।