कपिलवस्तु । सिद्धार्थ बाल विकास केन्द्रले दोस्रो वार्षिकोत्सब, नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर-५, चन्द्रौटा अवस्थित केन्द्रले शुक्रबार एक कार्यक्रमका बीच नतिजा प्रकाशन गरेको केन्द्रले जनाएको छ ।
केन्द्रमा अध्ययनरत बालबालिकाले सत प्रतिशत उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको केन्द्रका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जनाए । उनका अनुसार हाल केन्द्रमा ५२ जना बालबालिका अध्ययनरत छन् । केन्द्रले मन्टेश्वरी सिकाईको माध्यमबाट बालबालिकालाई अध्ययन गराउँदै आएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रराज बेल्बासेले बाल विकास केन्द्रको उचित व्यवस्थापनको साथै बालमैत्रीपूर्ण वातावरणमा बाल शिक्षण सिकाई गर्दै लैजानुपर्ने बताए । शैक्षिक सामग्रीको माध्यमबाट बालबालिकाहरुको सिकाई क्रियाकलापमा जोड दिन आवश्यक रहेको उनले जनाए ।
उनले भने – “शैक्षिक सामग्री बालबालिकाहरुको अध्ययनका लागि अति उपयुक्त हुन्छ । यसले विद्यार्थीको मानसिक तनावलाई कम गर्छ र तनावरहित वातावरणमा अध्ययनले स्वतन्त्रताको महसुस हुन्छ” ।
यसैबीच समाजसेवी तथा शिक्षाप्रेमी रहिश शाहले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा कुनै पनि खालको अवरोधसमेत नहुने बताए । बालबालिका बृद्धि र विकासमा असर नपर्ने जनाउँदै बच्चाले पढ्दै, सिक्दै जाओस्, पढाइकै कारण केन्द्रमा अध्ययन मात्र गर्न आएको उनको भनाइ छ ।
यस्तै किडार्क नेपालका सामाजिक विकास अधिकृत बिनोद केवटले आगामी शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै व्यवस्थित बनाउँदै लैजाने बताए । स्थापना कालदेखि नै उचित व्यवस्थाको साथै बालमैत्री वातावरणमा बालबालिकालाई अध्ययन गराउँदै आएको उनले जनाए ।
केन्द्रकी प्रधानाध्यापक दीपा चौधरीले बालबालिकाहरुले आफै सरसफाइ गर्न नसक्ने भएकाले अभिभावकले समेत ध्यान पुर्याउन आग्रह गरिन् । अभिभावकले परिवारमा दिने माया, ममता जस्तै शैक्षिक केन्द्रमा बच्चालाई अध्यपन गराउने गरेको उनले जिकिर गरिन् ।
यस्तै स्थानीय समाजसेवी प्रकाश थारु, अभिभावकको तर्फबाट लता केसीले लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद लगायत बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउन जोड दिनुपर्ने मन्तव्य राखेकी थिइन । आर. ए. अन्जान