काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले समन्वय नगरेको जनाएका छन्।
सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै फोहोर नउठाइएको उनले जनाएका छन्।
‘यो दवाव आवश्यक छ भन्नेमा सायदै दुई मत रहला,’ आज बिहान फेसबुकमा लेख्दै उनले भनेका छन्। केही दिनदेखि सिंहदरबारको फोहोर काठमाडौं महानगरले उठाएको छैन। केन्द्र सरकारले नजिकैको स्थानीय सरकार (काठमाडौं महानगर) सँग पनि समन्वय नगरेको मेयर शाह जनाउँछन्।
सरकारले समन्वय नगर्दा महानगरले उठाएका जनजीविकाका मुद्दा पनि अगाडि नबढेको पनि उनले जनाए। ‘५०० मिटर नजिकैको स्थानीय सरकार ९महानगर० का कुरा त सुनेको नसुनै हुन्छ। दुरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतको सम्बोधनको अवस्था कस्तो होलारु,’ उनले प्रश्न गरेका छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्नेरु संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’
उनले स्थानीय समस्या स्थानीय सरकारले नै समाधान गर्न सक्नुपर्ने बनाउनुपर्नेमा पनि जोड दिएका छन्। ‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उनले भने, ‘देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ, तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनुपर्ने अवस्था छ, त्यस्तो नहोस्,’ मेयर शाहले भनेका छन्।
उनले केही दिनअघि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताए। ‘त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन। बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो,’ उनले भने, ‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक(पटकको कोसिसपछि ९ महिना पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुश्किल परेको अवस्था छ।’