सल्यान । छत्रेश्वरी गाउँपालिका-१ दमाचौरस्थित वोर्ल्ड लिङ्कको कार्यालय श्रीनगर सल्यानमा कार्यरत शारदा नगरपालिका-२ डाँडागाउँ बस्ने ४२ वर्षीय प्रलाद शाहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
फाईबर लाईन बिस्तार गर्नको लागि विद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दिर्घायु मेडिकल हुँदै जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।