वीरगञ्ज – ई–रिक्सामा लागुऔषध तस्करी गरेको आरोपमा लागुऔषधसहित चालकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागुऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो।
लागुऔषध बरामद भएपछि ई रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।
यादलाई लागुऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए।


