शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सांस्कृतिक प्रतिरोध दिवसमा मेरो अपिल !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सांस्कृतिक प्रतिरोध दिवसमा मेरो अपिल !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– नारायण शर्मा

आज चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस ! आजकै दिन २०५५ सालमा अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित सांस्कृतिक कलाकर्मीहरु चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवरजस्ता कलिला होनहार प्रतिभाहरु मादल, बाँसुरी, हार्मोनियम आदि वाद्यवादनका सामाग्रीहरु बोकेर काभ्रे जिल्लाको अनेकोटमा पुगेको थियो । अनेकोट गाउँकै एउटा घरमा बसेर भोक, प्यास, थकाइ र अनिंद्राका बिच पनि उनीहरूले त्यहाँ नेपाली समाजमा भएको चरम शोषण, दमनका विरुद्ध न्याय, समानता र स्वतन्त्रताका गीतहरु गाएका थिए ।

त्यही गीत गाएको, बजाएको र नृत्य-अभिनय गरेको अपराधमा कुनै दुष्ट दुश्मन सुराकीको रिपोर्टको आधारमा तत्कालीन फासिष्ट काङ्ग्रेसी सरकारको आदेसमा आएका कथित सरकारी सुरक्षाकर्मी जल्लादहरुले ती निहत्था कलिला प्रतिभाहरुमाथि घेरावन्दी गरी फौजी हमला गरेका थिए ।

हमलाबाट बच्न उनीहरु घरभित्र पसे र बच्न खोजे तर घर घेरिएकोले उम्कन सकेनन् ! फलतः घरबाट ननिक्लेपछि ढोका थुनेर आगो लगाइदिएका थिए ! तत्पश्चात केहीले उम्कन प्रयास गर्दा दुश्मनको गोलीको शिकार भएर र केही घरभित्रै आगो र आक्रमणको निसानामा परेर उच्च शहादत प्राप्त गरेका थिए ! त्यस्तो वीभत्स र क्रूर हत्याको विरोध, प्रतिशोध र प्रतिरोध स्वरुप आजकै दिनलाई हामीले अर्थात् तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय समितिले सांस्कृतिक प्रतिरोध दिवसको रुपमा अब उप्रान्तका बर्षहरुमा मनाउने र भनी निर्णय गरेका थियौं ।

त्यसदेखि यता आज चैत्र ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै उक्त सात जना सांस्कृतिक शहीद लगायत त्यसअघि र त्यसपछि पनि शहीद हुनु भएका कृष्णसेन इच्छुक, चुनु गुरुङ, मस्त विष्ट र रोल्पा भावाङमा साँस्कृतिक कार्यक्रम गर्दै गर्दा मारिएका एक दर्जन कलाकार आदि जनयुद्धमा मारिएका सम्पूर्ण सयौं क्रान्तिकारी साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरुको समष्टिगत सम्झना र सम्मान गर्दै आएका छौं । त्यसैले मैले पनि आज उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली, अमीट सम्झना र क्रान्तिकारी सलाम गर्न चाहन्छु ! आज कमजोर र कायर नेतृत्वका कारण क्रान्तिकारी विचार, राजनीति, संगठन, संघर्ष र संस्कृतिले रक्षात्मक रुख लिंदा र सुधारका नाममा विचलन र अध:पतन मात्र होइन विघटन र विसर्जनको दिशा लिइरहेको स्थितिमा समग्र क्षेत्रका साथै सांस्कृतिक क्षेत्रबाट समेत त्यसको सशक्त प्रतिरोध बढाउनुको आवश्यकता र औचित्य कैयौं गुना बढेर गएको छ !

अखिल नेपाल जनसांस्कृतिक संघको संस्थापक केन्द्रीय सदस्य (२०३७) र २०५२ फागुन१ मा जनयुद्ध थालनीको निर्णयकर्ता तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्यको नाताले सामान्यतया जनयुद्धका सम्पूर्ण शहीदहरुप्रति, विशेषत: सबै साँस्कृतिक शहीदहरुप्रति र मुख्यतः आजको दिनमा उच्च शहादत प्राप्त गर्नुहुने अनेकोट हत्याकान्डका उक्त सात जना वीर कलाकार शहीदहरुप्रति अमिट सम्झना, आत्मिक श्रद्धा र जोशिलो अभिवादन अर्पण गर्न चाहन्छु । साथै शहीदहरुका सुन्दर सपना साकार पार्नको लागि शहीदहरुले देखाएको रक्तरंजित बाटोमा अघि बढ्न, देस र जनताका दुश्मनसँग लडेर प्रतिरोध गर्न र सफलता र विजयको चुली चुम्न आफ्नो शरीरमा एक मुठी सास र एक थोपा रगत रहेसम्म लागिपर्न पूर्ण प्रतिबद्धता र कसिलो कटिबद्धता प्रकट गर्न चाहन्छु ।

अन्तमा म अपिल गर्दछु कि : चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवस – अमर राखौं ! ज्यानी दुश्मनहरु विरुद्धको सशक्त प्रतिरोध – जारी राखौं !! कम्युनिस्ट आन्दोलनमा हाल देखापरेका विचलन, विखन्डन, विघटन र विसर्जनका प्रवृत्तिहरुको विरोध गरौं !!! अनि अविचलित, अखण्डित, पुनर्गठित र पुनर्संगठित भएर क्रान्तिको दिशामा अविराम अघि बढौं !!!! धन्यवाद ! ५ चैत्र २०७९

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक बस्दै

५९ मिनेट अगाडि
हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक