आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको `आदर्श पत्रकारिता पुरस्कार´ दिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको `आदर्श पत्रकारिता पुरस्कार´ दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही मिति २०७९ चैत ३ र ४ गते शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको `आदर्श पत्रकारिता पुरस्कार´घोषणा गरेको छ ।

काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रकाे आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई याे पुरस्कार दिइने जिल्ला कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिए ।

चैत्र २५ गते हुने साधारणसभाकाे अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत बोहोराले बताए । बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीकाे संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुको छ । भने कार्यसमिति सदस्य रमेश कुमार बोहोराको संयोजकत्वमा भित्ते पात्रो ( क्यालेन्डर ) प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकले समसामयिक बिषयमा ९ बुँदे शङ्करापुर घोषणापत्र समेत जारी गरेको छ ।
यस्तो छ घोषणा पत्र –
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको शंखरापुर घोषणापत्र

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा २०७९ चैत ३ र ४ गते बसेको बैठकले निम्न घोषणापत्र जारी गरेको छ ।

१. श्रमजिवी पत्रकारहरुको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून रहेको वर्तमान अवस्थामा संचारकर्मीहरुलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज अवस्था बन्दै गएको हुँदा न्यूनतम पारिश्रमिकलाई दोब्बर बनाउन सरकारसँग नेपाल पत्रकार महासंघ काठमाडौं शाखा माग गर्दछ ।
२. साना तथा स्वरोजगारमूखी संचार माध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिंदै आएको लोक कल्याणकारी विज्ञापन वापतको रकमलाई दोब्बर बनाउन सरकारसमक्ष शाखा यस घोषणापत्रमार्फत विशेष माग गर्दछ ।
यस्तै नेपाल सरकारबाट साना लगानी तथा स्वरोजगारमूलक संचार माध्यमलाई प्रदान गरिंदै आएको सहुलियतपूणर् ऋणलाई रु. १० लाखबाट बढाइ रु. २५ लाख पुर्याउन शाखा यस घोषणापत्रमार्फत जोडदार माग गर्दछ ।
३. अनलाईन संचार माध्यमलाईसमेत लोककल्याणकारी विज्ञापन विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम नै छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौं ।
४. नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन थप शशक्त कार्यक्रम घोषणा गर्न शाखा यस घोषणापत्रमार्फत केन्द्रीय समितिसँग माग गर्दछ ।
साथै, श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा विभिन्न बहानामा नियमित पारश्रमिक उपलब्ध नगराउने, दबाबपूणर् बिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्काशन गर्ने संंचार गृहलाई सहुलियतपूण ऋण तथा अनुदान उपलब्ध नगराउन महासंघ सरकारसमक्ष जोडदार माग राख्दछ ।
५. सरकारले विगतको वजेटमार्फत नै पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनको अवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि यस शाखा सरकारसँग माग गर्दछ । साथै, सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन शाखा माग गर्दछ ।
६. सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूणर् ज्येष्ठ पत्रकारहरुलाई उपब्ध गराउने गरी तथ्यांक संकलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासंघका शाखाहरुलाई जिम्मेवारी दिन र सोही अनुसार शाखाले सिफारिस गरेका ज्येष्ठ पत्रकारलाई सुविधा उपलव्ध गराउन शाखा माग गर्दछ । यस्तै ज्येष्ठ पत्रकारका लागि उमेरहद् ६० वर्ष कायम गर्न पनि शाखा सम्वन्धित पक्षसँग माग गर्दछ ।
७. पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विशेष तालिम उपलब्ध गराउन तथा संचार गृहहरुलाई महिला मैत्री बनाउन शाखा सरकारसँग माग गर्दछ ।
८. विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको रकम विभिन्न बाहनामा रोक्दै आएको गुनासो आइरहने गरेको हुँदा विभिन्न बाहनामा रोकिएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा सुविधाको प्रक्रियामासमेत सहजता प्रदान गर्न र विज्ञापन वोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रतिनिधि अनिवार्य उपस्थिति रहने व्यवस्था गर्न शाखा जोडदार माग गर्दछ । साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गर्दछौं ।
९. बैठकस्थल शंखरापुर नगरपालिका काठमाडौको मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेर पनि सडक सुविधाका दृष्टीबाट पछि परेको र सरकारी पक्षको ध्यान कम पुगेको देखिएकाले पर्यटकीय गन्तव्यलाई सहज पुर्वाधारसहितको विकासमा ध्यान दिन तथा सडकको स्तरउन्नती गर्न सरकारसँग माग गर्दछौं । साथै शंखरापुर नगरपालिकासँगसमेत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि आग्रह गर्दछौ ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

६ मिनेट अगाडि
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक