काठमाडौँ – १० दलीय सत्ता गठबन्धनको बैठकले संक्रमणकालीन न्याय व्यवस्थापनसम्बन्धी विधेयकको पक्षमा एकजुट हुने निर्णय गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो। स्रोतका अनुसार विधेयक भोलिको संसदमा पेश गर्ने समझदारी भएको छ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मलपिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा यसअघि नै दर्ता गरिसकेको छ।
यस्तै, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वास मतको पक्षमा एकमतका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको छ।
आजको बैठकमा सरकार विस्तारबारे भने छलफल भएन। प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने हुँदा आजको बैठकमा त्यसबारे छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।