काठमाडौं । चर्चित तथा अहिलेका निकै व्यस्त गायक, संगीतकार रबी कुमार रिमालको नयाँ गीत ‘चुतिया साले’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
छिट्टै नै सार्वजनिक हुन लागेको यस् गीतको भिडियो तयारीमा आफु र आफ्नो टिम दिन रात नभनीकन लागी परेको गायक रिमालले बताए । डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछील्लो समय थुप्रै सांगितिक कार्यक्रममा व्यस्त रहेका छन । भने गायन र संगीतसंगै उनले पछील्लो समय संगीत संयोजन (म्युजिक एरेन्जमेन्ट) पनि गर्न थालेका छन । आँफैले गरेको केही एरेन्जहरु बजारमा आईसकेको र केही आउने तयारीमा रहेको र दर्शक श्रोताबाट पनि राम्रो प्रतिकृयासंगै थप हौसला प्रदान भएको पनि उनले बताए ।
बहुचर्चित गीत ‘चरी उड्यो बादल छुनलाई” पछी आफुले अहिलेसम्मा पछाडि फर्केर हेर्नु नपरेको बताउदै उनले निरन्तर आफ्नो सांगितिक यात्राालाई अगाडि बढाउन थप हौसला मिलेको बताए । आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको यस् गीतमा गायक रबी कुमार रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ भने एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोखरेल, निशान न्यौपानेको रहेको छ ।
नवलपुर र त्यस वरीपरीको क्षेत्रमा सम्पन्न गरिएको यस् भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।


