आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

व्यंग्यकलाका नामुद कलाकार ‘वात्स्यायन’ काे अभिनन्दन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
व्यंग्यकलाका नामुद कलाकार ‘वात्स्यायन’ काे अभिनन्दन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खरा । नेपाली व्यंग्यकलाका नामुद कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब ३ दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन सम्पन्न भएकाे छ ।

८० औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्पराको इँटा थपेका छन् । पञ्चायती व्यवस्थाको विरुद्धदेखि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि बरालले प्रस्तुत गर्ने चोटिलो व्यंग्य कलाले पनि योगदान पुर्‍याएको साहित्यकार सरुभक्त बताउँछन् । ‘पानी रङको विद्यालय’का रुपमा पोखरालाई चिनाउने नेतृत्वकर्ता बरालको अभिनन्दनमा सयौं कलाकार, साहित्यकार र पोखरेलीले गर्ववोध गरे ।

नाम, पद, प्रतिष्ठा र चर्चाभन्दा परै बस्न रुचाउने बरालले शनिबार आफ्ना सुरुआती संघर्षका दिनमात्र स्मरण गरे । नेपाली ब्यंग्यकला, नाट्य क्षेत्र, पेन्टिङ लगायतमा आफूले प्राप्त गरेको सफलतातिर भन्दा आफ्ना दुखका दिन सम्झिए । अभिनन्दन कार्यक्रममा आफूले कला सिक्न आएको हण्डरठक्करका केही प्रसंगहरुमात्र उप्काए र भने, ‘म आज जहाँ छु, जे छु, त्यो सबै पोखराकै देन हो ।’ बरालले आफ्ना संघर्षका सुरुआती दिनलाई जीवनको पहिलो अध्यायका रुपमा प्रस्तुत गरे । दोस्रो अध्यायको चर्चा र सफलताको होइन, दुख र संघर्ष, कला सिक्ने हुटहुटीले गरेको भागदौड र किस्साहरुलाई बरालले यसरी स्मरण गरे । **** बिहान बिहान जब म नदीपुरदेखि विन्ध्यबासिनी सेरोफेरोमा मर्निङ वाकमा निस्कन्छु । मोहोरिया टोलमा पुरानो सुनचाँदी पसलको छानोमाथि अड्याइएको एउटा होर्डिङ बोर्ड देख्छु ।

त्यो पनि सायद ४०/५० वर्ष अगाडिको बोर्ड कता कता कान्तिविहीन भएजस्तो, त्यसले मेरै प्रतिबिम्बको रुपमा देख्छु । त्यो बोर्डले मलाई इगल आई आर्ट स्टुडियो सम्झना गराउँछ । इगल आई आर्ट स्टुडियो मेरो कला यात्राको टर्निङ प्वाइन्ट थियो । त्यो स्टुडियो स्थापना पहिलेको अवस्थालाई जीवनको पहिलो खण्ड र त्यसपछिको अवस्थालाई दोस्रो खण्ड भन्ने गरेको छु । पहिलो खण्ड मेरो जीवनको प्रारम्भिक काल हो । जहाँ जन्में आर्बा गाउँ, त्यहाँ म ३ वर्षको छँदा आमा बित्नुभयो । आमा बितेपछि म बुढी फूपूको शरणमा गएँ । पालीसहितको फूपूको २ पाखे सानो घर थियो ।

घरभित्र सबै चिज भने व्यवस्थित गरेर राखिएको थियो । अगेना, आडैमा चौको बनाएर, सुत्ने ठाउँ थियो । अगेना उत्तरतर्फ मण्डला, कमेरोले पोतिएको हुन्थ्यो । बीचमा माटोको टुकी बालिन्थ्यो । जब साँझ पर्छ, तब माटोको टूकी बालिन्थ्यो र त्यसले चौकोस अर्थात मण्डला जीवन्त बन्थ्यो । म अगेनाको डिलमा बसेर मण्डला हेर्छु, बडो आकर्षक लाग्थ्यो । त्यो मण्डलाले दिएको सौन्दर्य चेतले नै म चित्रकलामा लागें भन्ने लाग्छ । पढाइमा मेरो त्यति ध्यान जाँदैनथ्यो, चित्र कोर्नेतिरमात्र मन जान्थ्यो । गाउँमा सामान्य शिक्षा लिँदै गर्दा मलाई फूपूले पोखरा नदीपुर मावलीमा छोडिदिनु भयो ।

मामाघरमै बसेर मेरो शिक्षा, दीक्षा भयो । म क्याम्पसमा बायोलोजी लिएर साइन्स पढें । साइन्सलाई त्रिविले स्वीकृति दिएन र साइन्स छोड्न बाध्य भएँ । गुरुआमा एलियामा जोनले यति राम्रो आर्ट गर्ने मान्छे किन साइन्स लिएर पढेको ? फ्रान्सबाट स्कलरसिप आउँछ कला विषयमा अध्ययन गर्न, पाकिस्तानले पनि खुलाएको हुन्छ, अप्लाई गर भन्नुभयो । मेरो चाहना पनि कला नै पढ्ने थियो । मलाई लाग्यो, कला पढ्न काठमाडौं जानुपर्छ । त्यसपछि म कुन उपायले काठमाडौं जाने भनेर दिनरात हुन थालें । छटपटी मभित्र पैदा हुन्थ्यो । त्यो बेला तेर्सापट्टीमा मलेरिया, औंला उन्मुलनको अफिस थियो । त्यहाँ स्टोर किपरको काम गरेर केही पैसा जम्मा गरें । त्यही पैसा लिएर म काठमाडौं पढ्न गएँ । १६ सालमै मागी विवाह भयो ।

विवाहको ३ वर्षसम्म पनि हाम्रो बोलचालै थिएन । म अत्यन्त लजालु मान्छे थिएँ । जब म काठमाडौं गएर बसें, उनी पनि औंलो उन्मुलन तालिमका लागि काठमाडौं आइन् । २ जना सँगै बसियो । काठमाडौं बस्न थालेकाले मसँग पैसा सकिइसकेको थियो । मसँग पैसा नै भएन । त्यसमाथि श्रीमतीलाई पनि पाल्नुपर्ने भयो अनि समस्या आयो । अब काठमाडौंमा काम छैन, काम नभएपछि पैसा हुने कुरा पनि भएन । म पोखरा जान्छु, तिमी तालिम सकेर पोखरा फर्क भनें । तर, पोखरा फर्किने पैसा छैन । पोखरा जाने मान्छेलाई खबर पठाएँ, भानिज पोखरा आउँछन्, पैसा पठाइदिनु भनें, ७५ रुपैयाँ चाहिन्थ्यो प्लेनको भाडा । मायाले पठाइदिएको पैसा हात पर्‍यो, अनि फेरि यसो सोचें, पढ्न भनेर आएको केटो, पढ्न पाकिस्तान जाने भनेर आएको मान्छे फेरि पोखरा फर्किन त अलि भएन कि जस्तो लाग्यो ।

काठमाडौंमा दिल्लीमा एक जना मान्छेले सिलाइको पसल राखेका थिए । त्यो पसलेले दिल्लीमा कलासम्बन्धी ठूल्ठूला विश्वविद्यालय छ, त्यहाँ छात्रवृत्ति पनि दिन्छ, तपाईं त्यहीँ जानुस् भन्यो । पोखरा फर्किन मामाले पठाइदिएको पैसा लिएर दिल्लीतिर जान मन लाग्यो । फेरि जहान त मसँग छ, उनलाई ढाँटे र भनें, म पोखरा जाँदै छु । पोखरा फर्किनै मन भएन र दिल्ली गएँ । १५ दिनजति दिल्लीमा भौंतारिएँ । एक जना प्रकाश भन्ने पेन्टर थिए । उनले तपाईं दिल्लीमा नबस्नुस्, यहाँ टफ कम्पिटिसन हुन्छ भने । तपाईंलाई यहाँ बस्न गाह्रो छ, नेपाल सानो देश हो, त्यहाँ जे कुरा गर्न पनि सजिलो हुन्छ, नेपाल नै फर्कनुस् भने । उसैले रक्सौलसम्मको टिकट काटेर पठाइदियो । थोरै केही पैसाले जसोतसो काठमाडौं उत्रिएँ, फेरि मसँग एक पैसा पनि थिएन । एउटा सानो टिनको बाक्सा थियो, त्यो लिएर खिचापोखरी ओर्लिएँ । त्यहाँ एक जना चिनेको मान्छे थिए । मसँग पैसा छैन, एक रात बस्न दिनहुन्छ भनेर सोधेपछि उनले हुन्छ भने । भोलिपल्ट डेरा खोज्न हिँडें । ५/७ दिन काम खोज्दै भौंतारिएँ ।

एक जना रामकुमार श्रेष्ठ भन्ने हुनुहुन्थ्यो । उहाँसँग पहिले पनि छोटो परिचय थियो । मैले बेलिबिस्तार लगाएँ । अनि उनले भनें, काम नपाउञ्जेल हामी कहाँ नै बस्नु, हामी नै खुवाएर राख्छौं तर तपाईंले काम खोज्नुपर्छ भने । उनका साथी जनक शिक्षा सामग्री केन्द्रका ड्राइभर थिए । उनैले जनक शिक्षामा लिएर गए र हाकिमसँग भेटाइदिए । अनि मैले किताबमा चित्र बनाउने काम पाएँ । जनक शिक्षा सामाग्री केन्द्रबाटै म जापान पनि पुगेँ । जापानबाट फर्केपछि काठमाडौंमा बस्न मन लागेन, उकुसमुकुस महसुस गरें । २५ वर्ष पुगिसकेको थिएँ, ललित कला पढ्न २५ वर्ष कटेपछि नपाइने भयो । तर, जनक शिक्षामा काम गर्दा मलाई के फाइदा भयो भने लैनसिंह बाङ्देल, बालकृष्ण सम, अमर चित्रकारहरुसँग भेट्ने, एउटै संस्थामा बस्ने उनीहरुका विचारहरु सुन्ने र सिक्ने अवसर मिल्यो । कला पढेरमात्र हुँदैन, स्कुलले त टेक्निकमात्र सिकाइदिने हो तर साधना त आफैंले गर्ने हो बुझाइमा पुगेको थिएँ ।

अनि म पोखरा फर्किएँ । पोखरा फर्केर केही समय फोटोग्राफीमा गरें । त्यसपछि इगल आई आर्ट स्टुडियो खोलें । यो नै मेरो जीवनको पहिलो अध्ययन हो, खण्ड हो । आर्ट स्टुडियोबाटै पोखराका धेरै जना साहित्यकारसँग मेरो भेट भयो । पोखरामा पोखरेली युवा सांस्कृतिक परिवार गठन र यसलाई कसरी माथि उठाउने भन्ने छलफल हुन्थ्यो । ३ वर्षमा आमा गुमाएकाले पनि होला, जब म पोखरामा आउँछु, आमाको काखमा आएजस्तो लाग्छ ।

आर्ट स्टुडियोमा साधना गरेर २०४० सालमा ‘चोक र तमसुक’ प्रदर्शन गरें । मैले बनाएका पेन्टिङहरुमा मलाई नै सबैभन्दा बढी मन परेको र सन्तुष्टि मिलेको सिर्जना नै त्यही थियो । त्यसमा चर्चा पनि प्रशस्त भयो । धेरै कलाप्रेमीहरुले के भन्थे भने, नेपालमा सामाजिक विषयवस्तुलाई अभिव्यक्त गर्ने चित्र भनेको चोक र तमसुक हो । दिल्लीमा ठूलो प्रदर्शनी थियो, ५०/६० भन्दा बढी देशका कलाकारहरुले भाग लिँदा नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ गएको थिएँ ।

त्यो प्रदर्शनी हेरेपछि मलाई के लाग्यो भने हरेक कलामा आफ्नो मौलिक परिचय हुनुपर्ने रहेछ । नेपाली कार्टुनका क्षेत्रमा होस् वा अरु कलाको क्षेत्रमा, मैले जे जति काम गरें, जे जति उपलब्धि हासिल गरें, त्यो सम्पूर्ण पोखराकै देन हो । सुरुमा कलाको क्षेत्रमा लाग्दा नितान्त रहरले लागेको हुँ । तर, यो रहर थुप्रै अरुको पनि बनेछ र प्रशंसा गर्नुभयो, त्यसका लागि मैले सौभाग्य ठानेको छु ।

यो पनि पढ्नुहोस्

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

३४ मिनेट अगाडि
एमसीसी  प्रसारण लाइन शिलान्यास

एमसीसी प्रसारण लाइन शिलान्यास

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक