आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

चिकित्सकविरुद्ध बढ्दै उजुरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एमबीबीएसकाे नतिजा प्रकाशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।

काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिनुभयो । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत गराइएको छ । यस्तै चार उजुरीका आधारमा सम्बन्धित अस्पताललाई निर्देशन दिइएको छ । छ उजुरीमा भने थप कारबाही गर्नुपर्ने उल्लेख छ ।

उहाँले दुईवटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत कारबाही अगाडि बढाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । काउन्सिलले १४३ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटाएको छ । उनीहरूको प्रमाणपत्र नक्कली प्रमाणित भएका कारण नाम दर्ता सूचीबाट हटाइएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका इथिकल बोर्डका संयोजक डा. कालुसिंह खत्रीले काउन्सिलमा परेको उजुरीमध्ये १० देखि १५ प्रतिशत चिकित्सकले कुनै न कुनै रूपमा गल्ती गरेको देखिएको बताउनुभयो । उहाँले सबैभन्दा बढी उजुरी उपत्यकाभित्रका हुने गरेको बताउनुभयो ।

काउन्सिलमा चिकित्सक दर्ता हुने भएकाले चिकित्सकको मात्र आचरण र व्यवहार हेर्न मिल्ने भनाइ काउन्सिलका पदाधिकारीको छ । यसबाहेक गुणस्तरीय स्वास्थ्य सेवाअन्तर्गत अस्पतालका बारेमा पनि उजुरी दिन सकिने व्यवस्था छ ।

उहाँले भन्नुभयो, “घटनामा चिकित्सकको मात्र संलग्नता हुँदैन । त्यहाँ टिमले काम गरेको हुन्छ । स्वास्थ्यकर्मीलाई कारबाही गर्न मेडिकल काउन्सिलले मिल्दैन ।”

नेतृत्वकर्ता र उत्तरदायी चिकित्सक हुने भएकाले उनीहरूलाई कारबाही गर्न मिल्ने काउन्सिलको भनाइ छ । डा. खत्रीले कुनै घटनामा नर्स वा अन्य स्वास्थ्यकर्मीको त्रुटि हुन सक्ने भन्दै थप्नुभयो, “नर्सिङलगायतका अन्य काउन्सिललाई कारबाहीको सिफारिस गरिए पनि समूहमा काम गरेको भन्दै उनीहरू पन्छिन खोज्छन् ।”

१० वर्षयता स्वास्थ्य व्यवसायी परिषद्, नर्सिङ परिषद्, आयुर्वेद व्यवसायी परिषद्, आयुर्वेदिक काउन्सिलले आफ्ना स्वास्थ्यकर्मीलाई कारबाही नगरेको आरोप लगाउँदै उहाँले अन्य काउन्सिलले कारबाहीप्रतिको चासो नदेखाउँदा समस्या देखिएको गुनासो गर्नुभयो । यसैबीच मेडिकल काउन्सिलले मेडिसिटी अस्पतालका दुई जना चिकित्सकलाई कारबाही गर्ने निर्णय गरेको छ ।

बिरामीको उपचारका क्रममा अस्पतालका चिकित्सकले व्यावसायिक आचरण पूरा नगरेको भन्दै उहाँहरूलाई कारबाहीको निर्णय गरेको हो । मेडिसिटी अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइन सर्जन डा. सुनीलकुमार शर्मा र डा. राजीव मिश्रलाई चिकित्सकीय व्यावसायिक आचरण सुधार गर्न निर्देशनसहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

दुई चिकित्सकले योगेन्द्रबहादुर बस्नेतको उपचारमा त्रुटि गरेको ठहर गर्दै कारबाही गरेको बोर्ड संयोजक डा. खत्रीले जानकारी दिनुभयो । गत जेठ २५ गते बस्नेतको मृत्यु भएको थियो । चिकित्सकको कमजोरीका कारण बस्नेतको मृत्यु भएको भन्दै निजका छोरा समीर बस्नेतले चिकित्सकमाथि कारबाहीको माग गर्दै उजुरी दिनुभएको थियो । काउन्सिलले गरेको छानबिनमा उपचारका क्रममा चिकित्सकले व्यावसायिक आचरण पालना नगरेको पाइएपछि निलम्बन गरिएको हो । काउन्सिलका अनुसार दुवै जना चिकित्सकलाई चैत ५ देखि ११ गतेसम्मका लागि निलम्बन गरिएको छ ।

यो पनि पढ्नुहोस्

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

२ हप्ता अगाडि
कागतिहार मनाइँदै

कागतिहार मनाइँदै

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

प्रहरी महानिरीक्षक र प्रधान सेनापतिबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक