बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ह्याकरको बढ्दो खतरा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ह्याकरको बढ्दो खतरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर ह्यान्डल बुधबारदेखि ह्याक भएको र बिहीबार उनीहरूको पन्जाबाट मुक्त गरिएको बताइएको छ । ‘१५ मार्च बेलुकीदेखि ह्यान्डलमा अनाधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्वीटर गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बिहीबार प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ । ट्वीटर हान्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको भए पनि ह्याक भएको र यस विषयमा अनुसन्धान भइरहेको सचिवालयले जनाएको छ ।

साइबर अपराधका बढ्दो केस र ह्याकरको बढ्दो खतराबाट उम्कन गाह्रो देखिन्छ । नेपाल सरकारले त्यो दुस्प्रयासविरुद्ध तुरुन्तै एक्सन लियो र खाता पहुँचमा पुनः प्राप्त गरेको थियो ।

प्रधानमन्त्रीको एकाउन्ट ह्याक गरेपछि ह्याकर्सले उनको ट्वीटर एकान्उन्टबाट डिजिटल करेन्सीको प्रमोट गर्ने सामग्री ट्वीट गरेको थियो । पीएम नेपालको ट्वीटर एकाउन्टमा दाहालको प्रोफाइको स्थानमा बीएलयूआर एकाउन्ट देखिएको थियो । ब्लर प्रोड टेडर्सका लागि नन्न फन्जिबल टोकन मार्केट प्लेस हो ।

ट्वीटर एकाउन्टमा एनएफटीको विषयमा एक ट्वीटको पिन गरिएको छ । एकाउन्टमा ६९०.१ के फलोअर्स छन् । एकाउन्ट रिस्टोर गरिएको सचिवालयले जानकारी गरेको हो । डिजिटल करेन्सी युजर्सले पछिल्लो समय धेरै एकाउन्ट ह्याक गरेका छन् । भारतमा पनि पछिल्लो समय क्रिप्टोकरेन्सको प्रचारका लागि चर्चित एकाउन्ट ह्याक हुने गरेको समाचार एजेन्सीले जनाएका छन् । यसअघि २०७६ साल पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्ट पनि नियन्त्रणबाहिर गएको थियो ।

उनको एकाउन्टमा भारतीय कांग्रेसकी तत्कालीन अध्यक्ष सोनिया गान्धीको ट्वीटरको भिडियो एकाएक रि ट्वीट भएको थियो । त्यतिबेला प्रधानमन्त्रीको ट्वीटर पासवर्डको दुरुपयोग भएको बताइएको थियो । त्यतिबेला ओलीको ट्वीटरमा ५ लाख ११ हजार फलोअर थिए । ओलीको आधिकारिक आईडीबाट सोनिया गान्धीको नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश रि ट्वीट भएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत चर्चा भएको थियो । जतिबेला नागरिकता ऐन संशोधनले भारतमा आन्दोलन चलेको थियो ।

२०७८ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक गर्ने प्रयास भएको समाचार सार्वजनिक भएको थिए । ट्वीटर ह्यान्डल तोडमोड गर्ने प्रयास भएको बताइएको प्रधानमन्त्री कार्यालयले नै जनाएको थियो । ह्याकरले विट क्वाइन भारतमा वैध गरिएको भन्ने प्रचार सामग्री प्रधानमन्त्रीको एकान्टमा ह्याकरले राखेका थिए ।

सामान्य ह्याक होइन : विज्ञ
प्रधानमन्त्री दाहालको ट्वीटर ह्याक सामान्य मात्र नभएको साइबर सुरक्षा विज्ञ तथा भैरव टेक्नोलोजी सेक्युरिटीका सीईओ विजय लिम्बु बताउँछन् । दुई कारक प्रमाणीकरण गरेर ट्वीटर एकाउन्टलाई बलियो बनाइँदा पनि प्रधानमन्त्रीको ट्वीटर ह्याक भएकाले उनी यो सामान्य फिसिङ एट्याक मात्र नभएको बताउँछन् । ‘यसले के देखाउँछ भने प्रधानमन्त्री सचिवालयमा कम्प्युटर नेटवर्क नै ह्याक भएको हुन सक्छ,’ उनले भने । उनले साइबर सुरक्षासम्बन्धी बलियो कानुन हुनुपर्ने बताउँदै उनले भने, ‘अब साइबर सुरक्षाका विषयमा बलियो आधार बनाउनेबेला भइसकेको छ,’ सोसल मिडियो एकाउन्ट बलियो बनाएर मात्र नहुने बताए । उनले साइबर सुरक्षा अडिटको विषयमा समेत सरकारको ध्यान जानुपर्ने बताए ।

सरकारी सर्भरमा साइबर थ्रेट कति
राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत रहेको सरकारको मुख्य डाटा सेन्टरको साइबर थ्रेट कति भन्ने विषयमा समय समयमा साइबर सुरक्षा अडिट गर्नुपर्ने देखिन्छ । सरकारी सर्भर डाउन र स्लो पनि हुने गर्छ । तथ्यांकको पाइरेसी, ह्याकिङ, भाइरस, फिसिङ, मालवेयरजस्ता थ्रेटका विषयमा सचेत हुनुपर्ने अवस्था रहेको छ । गत माघमा पनि सरकारको सबै वेभसाइड डाउन भएका थिए । सूचना प्रविधि प्रणालीमा अनधिकृत पहुँच स्थापित गर्न साइबर आक्रमणको प्रयास भएको बताइएको थियो ।

मालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको लेखा परीक्षण प्रतिवेदन २०७८ मा डाटा सेन्टर सुरक्षित र भरपर्दाे छ भनी आश्वस्त हुने आधार नरहेको उल्लेख गरेको छ । सरकारको गोप्य सूचना भण्डारण हुने डेटा सेन्टरको गुणस्तर परीक्षणसमेत गरेर विश्वस्त हुने वातावरण सिर्जना गर्नेबेला भएको छ । हेटौंडामा रहेको डिजास्टर रिकभरी केन्द्रमा ९ असोजमा आगलागीसमेत भएको थियो । केन्द्रमा दक्ष जनशक्तिको अभावसमेत देखिएकाले यसतर्फ पनि सरकारको विशेष ध्यान जानुपर्छ । राजधानी डेल्ली

यो पनि पढ्नुहोस्

मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

३० मिनेट अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक