काठमाडौं । बाराकाे कलैया उपमहानगरपालिका-१ बालमन्दिरस्थित सडकमा ना.२ ख ४२१० नम्बरको बसको ठक्करबाट भारत मुझफरपुर घर भई हाल कलैया उपमहानगरपालिका-१ मोतिबाग बस्ने बिनोद कुमार सोनारको छोरा ३ वर्षीय कार्तिक कुमार सोनारको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की, पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा ग.१ ख ७१०८ नम्बरको बसले ग.१९ प ९९८९ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका-४ घर भई हाल पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २४ वर्षीया दिक्षा कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, ईच्छाकामना गाउँपालिका-२ बिप्राङस्थित सडकमा दारेचोकदेखि शक्तिखोर जाने सडक खन्दै गरेको साङ्छी आदर्स कन्ट्र्क्सनको नम्बर नखुलेको लोडर शुक्रबार दिउँसो दुर्घटना हुँदा लोडरका सह-चालक सोही गाउँपालिका-६ चण्डी भन्ज्याङ बस्ने ४२ वर्षीय नवीन गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


