काठमाडौँ–१० दलको बैठक निष्कर्षविहीन भएको छ।
उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको १० दलको बैठक निष्कर्षविहीन भएको हो।
उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन्।
जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् ।
बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘सकारात्मक छलफल भएको छ । भोलि बसेर एउटा धारणा बनाउने कुरा भएको छ ।’


