काठमाडाैं । ३११ को रनको विशाल लक्ष्य पछ्याएको नेपालले ७ ओभर नपुग्दै ३ विकेट गुमाएको छ।
नेपालका कप्तान रोहित पौडेल आउट भएसँगै नेपालको प्रदर्शन ओरालो लागेको हो। रोहितले २५ बलमा मात्र १६ रन बनाउन सके।
यसअघि नेपालका ओपनर ब्याटर आशिफ शेख खाता नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर आएट भए। यो समाचार तयार पार्दासम्म नेपालको ८ ओभर सकिएको छ भने जम्मा ३८ रन बनाएको छ।
आजको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सीधै स्थान बनाउनेछ भने हारे नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।


