आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपाका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा पाइने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । काठमाडौं महानगरपालिकाका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा पाइने भएको छ।

सेवाग्राहीका तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रत्युत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाबारे मौखिक वा लिखित जानकारी निःशुल्क दिइने महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबलकुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ। सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।

कानूनी परामर्श सेवा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले दिनेछन्। यसका लागि महानगर र क्याम्पसबीच गत माघ १७ गते सम्झौता भएको थियो।

सेवा उपलब्ध गराउन क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको सूचना अधिकारी आचार्यले बताए। क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने महानगरले जनाएको छ।

बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।  विद्यार्थीहरूले वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउनेछन्।

 

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक