शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्ववियु निर्वाचनले विद्यार्थीहरुमा नयाँ रौनक छायाे

शंकरदेवमा माओवादी घटकहरुको र पिकेमा एमाले–माओवादीको गठबन्धन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्ववियु निर्वाचनले विद्यार्थीहरुमा नयाँ रौनक छायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यही चैत्र ५ गते देशैभरि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । स्ववियु निर्वाचनले विद्यार्थीहरुमा नयाँ रौनक छाएको छ । कतिपय क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको अवस्था छ ।

राजनीतिको केन्द्रभागमा रहेका धेरै नेताहरु विद्यार्थी राजनीति गरेर र स्ववियु निर्वाचन लडेर स्थापित भएका हुन् । त्यसैले स्ववियु निर्वाचनलाई विद्यार्थी आन्दोलनमा मात्र नभएर राजनीतिवृतमा समेत महत्वका साथ हेर्ने गरिन्छ ।

स्ववियु निर्वाचनमा पनि सत्ता समीकरण अनुसारकै गठबन्धन हुने समाचार र अड्कलबाजीहरु थिए । तर, कतिपय क्याम्पसमा विद्यार्थीहरुले स्वतःस्फूर्त रुपमा आ–आफ्नो क्याम्पसको सापेक्षता र आवश्यकतामा गठबन्धन गरेको पाइएको छ ।

शंकरदेव राजधानीको मुटुमा रहेको, पोखराको पीएन क्याम्पसपछिको विद्यार्थी चाप रहेको क्याम्पस हो । यहाँ मुख्यतः तीन प्यानल प्रतिस्पर्धामा देखिएका छन् । नेविसंघले आधिकारिक रुपमा सुशान्त बस्नेतको सभापतित्वमा प्यानल खडा गरेको छ । तर, असन्तुष्ट अरु तीन जनाले स्वतन्त्र(बागी) उमेदवारी दिएका छन् । १४ वर्षअघि स्ववियु निर्वाचन हुँदा शंकरदेश क्याम्पसमा नेविसंघले जितेको थियो ।

त्यस्तै एमाले सम्वद्ध अनेरास्ववियुले मुना तिवारीको नेतृत्वमा कसैसँग तालमेल नगरी छुट्टै प्यालन खडा गरेको छ । माओवादी घटकहरु सम्वद्ध सबै संगठनले अखिल (क्रान्तिकारी)का इकाई सभापति वीरेन्द्र जीसीको नेतृत्वमा २१ सदस्यीय प्यानल खडा गरेका छन् । माओवादी घटकहरुबीच भएको यो गठबन्धनले उनीहरुको माऊ दलहरुलाई पनि राम्रो सन्देश दिन सक्ने ठानिएको छ ।

आठ हजार चार सय ९० मतदाता रहेको शंकरदेव क्याम्पसका सभापतिका उमेदवार जीसी आफू जित्नेमा ढुक्क भएको बताउँछन् । नेविसंघ र अनेरास्ववियुको प्यालनप्रति असन्तुष्ट रहेकाहरुले आफूलाई मत दिने उनले बताए ।

क्रान्तिकारी विद्यार्थीले अरु संगठन भन्दा फरक मागहरु उठाउनु र क्याम्पसमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई नै प्यानलमा राख्नु आफु जित्ने मूल आधार भएको जिसिको दावी छ । शैक्षिक सुधारका अजेण्डाहरु आफूहरुसँग मात्र भएको जीसीले जिकिर गरे ।

सुदुरपश्चिम, कैलालीका जीसी २०७२ सालदेखि शंकरदेव क्याम्पसकानियमित विद्यार्थी हुन् ।

शिक्षालाई रोजगारीमुलक बनाउन, सबै भर्नाहरु अनलाइनमार्फत गराउन, शैक्षिक क्यालेन्डर अनुसार भर्ना गराउन, प्रबिधिमैत्री कक्षाहरु सन्चालन गर्न, दक्ष शिक्षकद्वारा पठनपाठनको ब्यवस्था गर्न, लाईब्रेरीलाई कितावहरुले भरिपुर्ण बनाउन, अत्याधुनिक शैक्षिक कार्यक्रमहरु सुरु गर्न, सेमेस्टरको पाठ्यक्रम अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट तय गराउन, आफुले पढेको क्याम्पसबाटै शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन, सम्पूर्ण विद्यार्थीको स्वस्थ्य बीमाको ब्यबस्था गर्न, क्याम्पसमा प्राथामिक उपचार कक्षको ब्यवस्था गर्न, अनावश्यक शुल्कहरु खारेज गर्न, सबै संकायहरुमा इन्टर्नशीपको ब्यवस्था गर्न र क्याम्पसमा होस्टेलको ब्यबस्था गर्न लगायतका माग आधारित भएर आफु चुनावी मैदानमा होमिएको उनले बताए ।

पाँच हजार भन्दा बढी विद्यार्थी भएको कलेजमा २१ सदस्यीय स्ववियु गठन गर्ने प्रावधान रहेकोले शंकरदेव क्याम्पसमा सभापतिसहित ११ प्रत्यक्ष र १० जना समानुपाति नेतृत्व चुनिने छन् ।

यता पद्मकन्या क्याम्पसमा एमाले र माओवादी विद्यार्थीबीच गठबन्धन भएको छ । सत्ता समीकरणको फेरवदलले एमाले र माओवादीबीच वैमनस्य सम्बन्ध हुँदा पद्मकन्या क्याम्पस, बागबजारमा भने यी दुई पार्टीका भातृ संगठनबीच तालमेल भएको छ । अखिल (क्रान्तिकारी)की तृष्णा आलेमगर सभापति हुने गरी प्रत्यक्ष र समानुपातिक दुबैतिर बराबरी तालमेल गरेर उमेदवारी दिईएको अखिल (क्रान्तिकारी)इकाई सभापति बसन्त भण्डारीले बताइन् । सँधै नेपाल विद्यार्थी संघको दबदबा हुने गरेको तर कुनै शैक्षिक सुधारको संस्थागत पहल नभएकाले नेविसंघइतर संगठनसँग तालमेल गरिएको उनले प्रष्ट्याइन् ।

सभापति उम्मेदवार आलेमगरले नेविसंघले जित्दै आएको पद्मकन्या क्याम्पसमा यसपटक रेकर्ड ब्रेक गर्न लागिपरेको बताइन।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक