काठमाडौं । । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष सिनियर टिमका लागि प्रवेश कटुवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको छ। नेपाली घरेलु फुटबलमा मछिन्द्र क्लबका प्रशिक्षक कटुवालले यसअघि पनि राष्ट्रिय टिमको नेतृत्व गरिसकेका छन्।
यस्तै, राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्। घरेलु फुटबलमा परिचित डंगोलले मनाङ मर्स्याङ्दी,न्यूरोड टिम जस्ता टिममा रहेर पनि गोलकिपर प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। यस्तै, डंगोलले यसअघि पनि राष्ट्रिय टिमको नेतृत्व गरेका छन्।null एन्फाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनिसलाई नियुक्त गरिसकेको छ। एनिसको नेतृत्वमा नेपालले प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्न लागेको छ।
एन्फाले दशरथ रंगशालामा आयोजना गर्न लागेको त्रिदेशीय प्रतियोगितामा घरेलु टिम नेपालसँगै लाओस र भुटानको सहभागिता रहने निश्चित भइसकेको छ। नेपालले अर्को बुधबार लाओससँग पहिलो खेल खेल्ने छ। त्यसका लागि सामान्य प्यारापिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रूपैयाँ टिकट मूल्य कायम भइसकेको छ।


