काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक बिहीबारका लागि बोलाइएको छ। प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो।
जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त रहेको छ। मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्। बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने उनले बताए।

