काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेल बसेकाहरूलाई पनि शपथग्रहणमा निम्तो गरेका छन्।
आज दिउँसो १ बजे हुने शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलले पञ्चायतकालमा आफूसँगै जेलमा बसेका साथीहरूलाई शीतल निवासमा बोलाएका हुन्। उनले गोविन्द कँडेल, इन्दु शर्मा, रघुपति शर्मा र डिलप्रसाद सापकोटालाई शपथग्रहणमा बोलाइएको राष्ट्रपतिकाे सचिवालयले जनाएको छ।
सापकोटा बाजेका नामले परिचित डिलप्रसाद बागलुङ जेलमा बस्दा पौडेललाई दूध पुर्याउने काम गर्थे भने अन्य तीनजना सँगै जेल बसेका साथी हुन्।
फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेलको शपथग्रहण समारोहमा एक हजार ५ सय जनालाई निम्तो गरिएको जनाइएको छ।

