आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सीका विश्वासपात्र ली कियाङ बने चीनका प्रधानमन्त्री, के छन् उनका चुनौती?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 mins read
0
सीका विश्वासपात्र ली कियाङ बने चीनका प्रधानमन्त्री, के छन् उनका चुनौती?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ – चीनको संसदले ली कियाङलाई नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित गरेको छ। शनिबार बिहान चिनियाँ संसदले राष्ट्रपति सीका निकट मानिएका कियाङको पक्षमा २९ सय ३६ मत दिँदा विपक्षमा केवल तीन मत मात्र परेको थियो। अन्य आठ जना तटस्थ बसेका थिए।

गत अक्टोबरमा उनलाई महासचिव सी चिनफिङले एकैपटक पार्टीको सर्वोच्च समिति राज्य परिषद्मा ल्याएका थिए। त्यसअघि उनी सांघाई सहरका पार्टी प्रमुख थिए। चिनियाँ कम्युनिस्ट पार्टीभित्र दोस्रो वरीयताका नेताका रुपमा रहेका उनलाई चुनाव अगाडिबाटै प्रधानमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो। सीले आफू निकटलाई मात्र मुख्य जिम्मेवारी दिने गरेकाले पनि ली मुख्य रोजाइमा परेका हुन्।

को हुन् ली

सी पहिलो पटक २०१२ मा चीनको राष्ट्रपति बनेका थिए। उनले त्यतिबेला ली कियाङलाई पहिलो पटक झेजियाङको गर्भनर बनाइएका थिए। जतिजति सी चीनको सर्वसक्तिमान बन्दै गए लीको राजनीतिक करियर पनि तीव्र रुपमा उकालो लागिरहेको थियो। सन् २०१७ मा सीले लीलाई सांघाईको पार्टी प्रमुख बनाएका थिए। उनी सांघाइमा कोभिड अघिसम्म निकै लोकप्रिय थिए। तर कोभिड कालमा उनले लगाएको कडा लकडाउनका कारण उनको आलोचना भएको थियो।

सगग्रमा लीले चीनको आर्थिक राजधानी मानिने सांघाई सहरको जिम्मेवारी समालेर बेइजिङमा विश्वको दोस्रो ठुलो अर्थतन्त्र समाल्ने ठाउँमा आइपुगेका छन्। उनीसँग मन्त्रीपरिषद् सँगै देशको अर्थतन्त्रलाई सहि ट्रयाकमा हिँडाउनुपर्ने सबैभन्दा ठूलो जिम्मेवारी रहन्छ।

त्यसोत उनी अर्थतन्त्रप्रति सम्बेदनसिल मानिने सासकका रुपमा परिचित छन्। उनले अमेरिका बाहिर टेस्लालाई पहिलो पटक सांघाईमा भित्राएका थिए। अमेरिकाको विद्युतीय गाडी उत्पादकले त्यसअघि देशबाहिर प्लान्ट स्थापना गरेको थिएन। जसका कारण उनको लोकप्रियता चुलिएको थियो। एलन मस्क जस्तो मुडी स्वभावका मान्छेलाई चीनमा भित्राउने क्षमता राखेको भन्दै उनलाई विश्वभरका लगानीकर्ताले ठूलो विश्वास गर्ने गरेका छन्।

लगानीकर्तामाझ स्थापित ली का लागि अब देशकै अर्थतन्त्रको जिम्मेवारी काँधमा आएको छ। त्यसैले के विश्वास गरिएको छ भने उनको नेतृत्वमा चिनियाँ अर्थ व्यवस्थामा पुनः एकपटक उकालो लाग्ने छ। चीनमा शक्तिशाली मानिने वित्तीय नियामक सूचकमा परिवर्तन गरिनेछ। समग्रमा चीनको सुस्ताउँदो अर्थतन्त्रमा पुनर्जीवन उनले प्रदान गर्ने विश्वास गरिएको छ।

सी र लीको सम्बन्ध

राष्ट्रपति सी र प्रधान्मन्त्री ली को सम्बन्ध पुरानो मानिन्छ। सन् २००० को दशकमा सी ली को गृहनगर झेजियाङको गर्भनर हुँदा ली भने कृषि इन्जिनियरका रुपमा उनको सचिवालयमा थिए। सीको राजनीतिक करिअर आकासिँदा त्यसको फाइदा लिन ली पनि सफल भए।

त्यसोत लीले चीनका प्रतिष्ठित क्षेत्रहरुमा नेतृत्व गरेकाले उनको कार्यकाललाई थप महत्वसाथ हेरिएको छ। उनले चिनियाँ सरकारी संस्थान, निजी क्षेत्र र विदेशी लगानीमा स्थापित कम्पनीहरू सबैसँग महत्वपूर्ण समन्वय गर्दै नेतृत्व गरेका थिए। उनलाई समन्वयकारी छवि भएको नेतृत्वका रुपमा समेत लिने गरिन्छ।

नवनिर्वाचित प्रधानमन्त्री लीले आर्थिक नीति सोमबार सार्वजनिक गर्नेछन्। प्रधानमन्त्रीका रुपमा उनले गर्ने पहिलो सम्बोधनले नीति निर्माता र लगानीकर्तामाझ उत्साह ल्याउने अपेक्षा गरिएको छ। अर्थात् कोभिड कालपछि चिनियाँ अर्थतन्त्रमा छाएको सुस्तता मा अब नयाँ पन आउने अपेक्षा गरिएको छ।

सीलाई सफल बनाउने ‘ब्याक बोन’

त्यसो त उनका लागि आर्थिक जिम्मेवारीसँगै विश्वमा एकछत्र प्रभाव जमाइरहेका सी को प्रभाव र विश्वासलाई थप भरपर्दो र सफल बनाउनु पर्ने भूमिका पनि उनीसँग छ। उनले सीले गर्ने गल्तीमा प्रश्न उठाउने चुनौती रहँदा विद्यमान सम्बन्धलाई पनि कायम राख्नुपर्ने महत्वपूर्ण जिम्मेवारी छ।

मुख्य रुपमा अन्तराष्ट्रिय रुपमा बढ्दो शक्ति संघर्ष र चिन भित्रै कोभिड–१९ महामारी नियन्त्रण गर्न ल्याएको नियमहरुमा सीले चालेका कदमले केही खटपटको अवस्था सिर्जना भएको छ। जसको निरुपण गर्दै अघि बढ्नका लागि उनले दिने सल्लाह महत्वपूर्ण हुने ठानिएको छ। तर उनी एस म्यान मात्र बन्लान या सीका लागि र समग्र चिनको भविष्यका लागि विर्सन नसकिने योगदान देलान त्यो भने उनको कार्यकालले स्पष्ट पार्नेछ।

लीको सीसँग सिधा र बलियो सम्बन्ध रहेकाले चीन थप एकताबद्व र बलियो भएर उठ्ने विश्वास लिएको छ। दीर्घकालीन रुपमा ली कत्तिको सफल प्रधानमन्त्रीका रुपमा दरिएलान् यसले सीको समेत भविष्य निर्धारण गर्नेछ। तर सीसँग जति नै सामीप्य भए पनि सीले लिने अप्रत्यासित निर्णयको पतो कसैलाई नहुने भएकाले गर्दा उनी आफै पनि अन्योलमा पर्ने खतरा छ। यो अधिवेशनपछि त झनै सी को विपक्षी शुन्य जस्तै भएकाले चीनको बाँकी दिन विश्व जगतका लागि झनै नौलो र अनिश्चय पूर्ण हुने अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस्

अमेरिकामा सयौं उडान रद्द हुने

अमेरिकामा सयौं उडान रद्द हुने

२ दिन अगाडि
जापानको उत्तरी क्षेत्रमा सेना तैनाथ

जापानको उत्तरी क्षेत्रमा सेना तैनाथ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक