बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि जन्मगाउँमा खुसी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उहाँको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन्। राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएपछि रिस्तीवासीले आपसमा बधाई साटासाट गरेर खुसियाली मनाएका हुन्।

“यस्तो खुसी मनाउने अवसर हामी रिस्तीवासीले अब कहिले पाइएला ?” रिस्तीका रामप्रसाद मिश्रले भने, “त्यसैले अब यो मौकामा आपसमा बधाई साटासाट गरेर मनाएका हौँ। रिस्तीमा जन्मिएका व्यक्ति मुलुककै अभिभावक हुँदा खुसीयाली नहुने कुरै भएन।” राष्ट्रपति पौडेलकै प्रेरणाबाट आफू पनि राजनीतिमा होमिएको मिश्रले बताए। राष्ट्रपति पौडेललाई स्थानीयले निष्ठावान्, त्यागी र आदर्शवादी नेताको रुपमा बुझ्ने गर्छन्। पञ्चायती व्यवस्था विरुद्ध पटकपटक गरी करिब १४ वर्ष राजनीतिक बन्दीको रुपमा जेलमा परेका पौडेललाई राष्ट्र प्रमुखको रुपमा देख्न पाउँदा उनले गरेको त्याग र कर्मको कदर भएकोमा स्थानीय हर्षित छन्।

स्थानीय ७६ वर्षीय कृष्णकान्त पौडेलले भने, “काम त भोलि पनि गरौँला। तर यस्तो खुसी मनाउने मौका फेरी आउने कुरा भएन। यो दिन कहिले आउला भन्ने थियो। बल्ल गाउँमा खुसी छाएको छ।”

राष्ट्रपति पौडेललाई प्रत्यक्ष भेटेर बधाई दिन रिस्तीका स्थानीय केही नेता तथा अगुवा काठमाडौँ पुगी सकेका छन्। “यसै गाउँले जन्माएको त्यागी नेता राष्ट्रपति हुँदा पालिकावासी सबै खुसी छौँ”, बधाई दिन काठमाडौँ पुगेका व्यास नगरपालिका–८ का वडाध्यक्ष युवराज गुरुङले भने, “यसअघि हामीलाई यस्तो खुसी मनाउने मौका कहिल्यै मिलेको थिएन।” राष्ट्रपति पौडेलले संविधानको पूर्ण पालना गर्नेतर्फ आफूलाई विवादरहित तवरले प्रस्तुत गर्नेतर्फ अग्रसर हुनुपर्नेमा अध्यक्ष गुरुङले जोड दिए।

पञ्चायती व्यवस्थाको विरोधमा लाग्दा तत्कालीन प्रशासनबाट बचाउन आफूले राष्ट्रपति पौडेललाई लुकाएर खाना खुवाएको सम्झना आँखाअघि झल्झली नाचेको राष्ट्रपति पौडेलको भाउजु नानीमायाले बताए। जनता र मुलुकको समृद्धिको लागि पटकपटक जेल पर्नुभएका देवरको ढिला भए पनि योगदानको कदर भएकोमा गर्व लागेको उनले बताए। “सङ्घर्षको बेला देवर बाबुले जनता र मुलुकको लागि मर्नसमेत डराउनुहुँदैन भनेर भन्नुहुन्थ्यो”, नानीमायाले भने, “अहिले यस्तो खुसीको दिनपनि देख्न पाइयो।”

रिस्तीको बाहुनपोखरामा जन्मेका पौडेल जेठा सन्तान हुन्। उनका पाँच भाइ र चार बहिनी छन्। राष्ट्रपति पौडेलले स्थानीय कृष्णालय पाठशालाबाट अक्षरारम्भ, त्यसपछि लमजुङ दुराडाँडामा रहेको पाणिनी पाठशालाबाट प्राथमिक तहको शिक्षा पूरा गरेका थिए। निम्न माध्यमिक तहको शिक्षा भने उनले पोखरास्थित विन्धवासिनी माध्यमिक विद्यालयबाट लिएका हुन्। त्यसपछि काठमाडौँबाट एसएलसी उत्तीर्ण गरेका थिए। पौडेलको रिस्ती र दमौलीको अमरापुरीमा घर छ। विसं २०४८ को आमनिर्वाचनमा विजयी भएपछि रिस्तीको घर छाडेर पौडेल परिवार काठमाडौँ बसाइ सरेको थियो।

यो पनि पढ्नुहोस्

आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ काे सार्वजनिक बिदा

५१ मिनेट अगाडि
क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक