मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपतिबारे प्रचण्डले गरेको निर्णयको घाटा माकेलाई नै हुने दाबी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राष्ट्रपतिबारे प्रचण्डले गरेको निर्णयको घाटा माकेलाई नै हुने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले राष्ट्रपतिबारे प्रचण्डले गरेको निर्णयको घाटा माओवादी केन्द्रलाई नै हुने दाबी गरेका छन्। महासेठले जुन शक्ति र दबाबसामु प्रचण्ड झुकेका छन् त्यही शक्तिले उनको सत्तालाई टिक्न नदिने बताएका हुन्। ‘राष्ट्रपतिबारे प्रचण्डले जे निर्णय गर्नुभएको छ, त्यसको घाटा एमालेलाई होइन, उहाँ स्वयं र माओवादी पार्टीलाई हुनेछ।’

सचिव महासेठले अन्नपूर्णसँग भने, ‘जुन शक्ति र दबाबसामु उहाँ झुक्नु भएको छ, त्यही शक्तिले प्रचण्डको सत्तालाई पनि धेरै दिन टिक्न दिने छैन। राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि त्यसका संकेतहरू राजनीतिक रूपमा सतहमै देखिनेछन्। त्यसका लागि धेरै समय पर्खिनै पर्दैन।’ राजनीतिक रूपमा एमाले सत्ता वा विपक्षमा पुग्नु ठूलो कुरा नभएको उनको भनाई छ। देश र जनताले सही नेतृत्व पाओस् भन्ने एमालेको जोड रहेको बताए। महासेठले भने, ‘राष्ट्रपति देश र जनताको अभिभावक हो।

यसमा राजनीतिक खेलाँची वा स्वार्थको विषय गाँस्नु हुँदैन। सही नेतृत्व र योग्य व्यक्तिलाई राष्ट्राध्यक्ष बनाउन सफल भयौं भने मात्रै देश र जनताको भलो हुन्छ। राष्ट्रपतिप्रति विश्व समुदायले गर्व गर्छ।’ एमाले अझै पनि पुस १० को सहमतिको पर्खाइमा रहेको बताउँदै उनले सहमतिको निरन्तरताका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएको स्पष्ट पारे।

प्रचण्डलाई प्रधानमन्त्रीमा हस्ताक्षर गर्ने त्यसबेलाका सबै दल र सांसदहरू एमाले उम्मेदवारका पक्षमा उभिन्छन् भन्ने विश्वास रहेको उनको भनाई छ। ‘प्रचण्ड र माओवादीलाई लागेको होला, एमाले सत्ताबाट फिर्ता होस्। तर, एमाले अझै पनि पुस १० को सहमतिको पर्खाइमा छ।

फागुन २५ सम्म माओवादी सहमति कार्यान्वयनको पक्षमा उभिन्छ भन्ने आशा गरेका छौं। त्यो सहमतिमा माओवादी फर्केमात्रै मुलुक सही रूपमा अघि बढ्छ।’ महासेठले भने, ‘एमालेसहितको गठबन्धन सरकारको छोटो अवधिकै मूल्यांकन गरौं न। आर्थिक रूपमा मुलुकमा सकारात्मक सन्देश प्रवाह हुँदै थिए।

विगतमा कांग्रेस र माओवादी नेतृत्वको सरकारले ध्वस्त बनाएको आर्थिक क्षेत्रमा सकारात्मक सुधारका संकेत देखिन थालेका थिए। मुलुकका थिति र विधिको शासनको स्थापना हुँदै थियो। जनताले सरकार भएको महसुस गर्न थालेका थिए।

एक किसिमले मुलुकमा स्थिरता र विकासका काम अघि बढ्दै थिए।’ माओवादीको पछिल्लो निर्णयपछि मुलुकलाई फेरि राजनीतिक अस्थिरतातर्फ धकेल्ने र राजनीतिक चलखेल बढाउने काम भएको महासेठको आरोप छ। उनले विगतमा पनि एमाले नेतृत्वको सरकारका पालाका निर्णय र कामप्रति नेपाली जनता जानकार रहेको बताए। उनले भने, ‘जनताको आशा र विश्वास छ, राजनीतिक स्थायित्व र समृद्धि।

यो कामका लागि एमाले नेतृत्व नै चाहिन्छ। विगतमा पनि एमाले नेतृत्वको सरकारका पालाका निर्णय र कामप्रति नेपाली जनता जानकार नै छन्।’

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

तेहरान खाली गर्न ट्रम्पले दिए सल्लाहार

२७ मिनेट अगाडि
इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

५४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक