नेपालगञ्ज – कोहलपुर प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार, बर्दिया बढैयाताल गाउँपालिका–७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका – ११ का निर्जन ढकाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
प्रहरीले उनीहरुको साथबाट भे १३ प २७३ नम्बरको मोटरसाइकल, नौ हजार आठ सय रुपैयाँसमेत बरामद गरेको छ। उनीहरुले बर्दियाको सीमामा पर्ने भारतको बलैगाउँबाट ब्राउनसुगर ल्याएको प्रहरीले बताएको छ।