काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले आफूहरुले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए।
सांसदहरुको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन निर्देशन गरेका हुन्।
उनले भने, ‘मान्य सदस्यहरु, शून्य समय र विशेष समयमा मान्य सदस्यहरुबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु।’ संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।