शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजबाट यी दुई बैंकको एकीकृत कारोबार सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आजबाट यी दुई बैंकको एकीकृत कारोबार सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं  । आज फागुन १२ गतेबाट हिमालयन बैंक लिमिटेड र सिभिल बैंकले एकीकृत कारोबार सुरु गरेको छ।  सिभिललाई प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गरिएको हो।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि भएको जनाए।   सिभिल बैंकलाई प्राप्ति गरेपश्चात बैंकको अधिकृत पुँजी रु.२६ अर्ब, चुक्ता तथा जारी पुँजी २१.६५ अर्ब, कुल पुँजी रु. ३४ अर्ब र कुल सम्पत्ति रु.३३४ अर्ब रहनेछ भने बैंकको कुल निक्षेप रु.२७४ अर्ब र कुल कर्जा रु.२५० अर्ब रहने छ।

यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपालभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएम बुथबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्नेछ। विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य बातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए।

त्यसैगरी सिभिल बैंकका अध्यक्ष प्रदीपजंग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए। समारोहमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अब हिमालयन बैंक देश के एउटा उत्कृष्ट सबल तथा ठूलो संस्था बनेको बताए। उनले आगामी दिनमा बैंक आफ्ना सेयरधनीलाई उच्चतम प्रतिफल दिन र ग्राहकलाई समय सापेक्ष नवीन प्रविधियुक्त सेवासुविधा प्रदान गर्नका लागि केन्द्रित हुने जनाए।

कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्ज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्थालाई धन्यवाद ज्ञापन गरे।  हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैकको सञ्चालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै सञ्चालक समिति रहनेछ भने बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नै रहेनछन्।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा रहनेछन्।  प्राप्तिपश्चात बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमै रहेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई १ः०८०२८ शेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

४ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक