काठमाडाैं । कथाकार शाहीको ‘त्यागी जीवन’ सार्वजनिक कथाकार कर्ण शाहीको कथासंग्रह ‘त्यागी जीवन’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच सो कृति सार्वजनिक भएको हो ।
किताबमाथि लक्ष्मण गाम्नागेले टिप्पणी राखेका थिए । ‘शाहीका कथा सरल र सपाट छन्,’ उनले भने, ‘उनका कथामा ठुल्ठूला आदर्शका कुरा पाइँदैन ।
भुइँमान्छेका समस्या उठाउँदै त्यसलाई बाटो देखाउने काम पनि गर्छन् ।’साहित्य क्षेत्रमा सक्रिय युवापुस्ताका लागि ६८ वर्षका शाही प्रेरणा बन्न सक्ने उनले बताए । शाहीले विभिन्न कृतिको अध्ययन र समाजको सूक्ष्म विश्लेषण गर्दागर्र्दै पुस्तक लेख्ने हुटहुटी जागेको बताए ।