फिल्मी फण्डा । बलिउड अभिनेता अक्षय कुमारले सेल्फी खिचेरै गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् ।
बुधबार मुम्बईमा आयोजना भएको एक कार्यक्रममा अक्षयले ३ मिनेटमा फ्यानसंग १८४ ओटा सेल्फी खिचेर कीर्तिमान रचेका हुन् ।
अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई अक्षयले १६ बढी सेल्फी खिच्दै रेकर्तोड तोडेका हुन् । गिनिज वल्र्ड रेकर्डलाई आफ्ना फ्यानहरूप्रति समर्पण गर्दैअक्षयले इन्स्टाग्राममा लेखेका छन्-‘ म जहाँ छु,जीवनमा मैले जे कुराहरु प्राप्त गरेकु छु त्यो सबै मेरा फ्यानको निस्वार्थ प्रेमका कारणले हो । यो रेकर्ड उहाँहरूप्रति मेरो विशेष समर्पण हो ।
‘ उनले आफ्ना फ्यानलाई धन्यवाद भन्दै थपेका छन्-‘मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिच्ने गिनीज वल्र्ड रेकर्ड तोडेका छौँ ।’ अक्षय अभिनित फिल्म ‘सेल्फी’ आउदो शुक्रबारबाट प्रदर्शन हुँदै छ ।