शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ओलीको राष्ट्रपतिको प्रस्तावप्रति खासै आशावादी नरहेको संकेत

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको स्वीकार गरेका छन् ।

बुधबार पार्टीको सचिवालय बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र यस क्रममा भएका भेटबारे ‘ब्रिफिङ’ गर्दै नेपालले बाहिर आएजस्तो सीधै प्रस्ताव नगरे पनि घुमाउरो पारामा ओलीले आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको जनाएका हुन् ।

आइतबार साँझ एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको घरमा भएको भेटमा ओलीले नेपालसँग पार्टी एकताको प्रस्ताव समेत गरेका थिए ।

‘स्पष्टरुपमा राष्ट्रपतिको प्रस्ताव गरेको होइन’ बैठकमा नेपालको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘दल मिलाएर जाउँ, त्यसरी दल ठूलो हुँदै जाँदा हामी सबै कुरा प्राप्त गर्न सक्छौं ।’ नेपालले थप प्रष्ट्याउँदै भनेका थिए, ‘बाहिर आएको जस्तो प्रस्तावै गरेको होइन । तर, उहाँको मनोविज्ञानमा पर्याप्त त्यस्ता कुरा झल्किन्थ्यो ।’ तर, सार्वजनिक मञ्चहरुमा भने नेपालले ओलीसँगको भेट र प्रस्तावबारे खुलेर बोल्ने गरेका छैनन् । यसबारे मंगलबार दाङमा पत्रकारहरुले सोधेको प्रश्नमा नेपालले केही कुरालाई पर्दाभित्रै राख्न उचित हुने जवाफ दिएका थिए ।

तर, ओलीको राष्ट्रपतिको प्रस्तावप्रति खासै आशावादी नरहेको संकेत बैठकमा गरेका थिए । ‘उहाँ स्वयं यसबारे आशावादी भएको देखिएन’ ती सचिवालय सदस्यले नेपालको ‘मूड’ विश्लेषण गर्दै भने, ‘हामीलाई त यसै पनि आशावादी बनाउने खालको कुरा नै छैन ।’ तर, धेरै समयदेखि दुई नेताबीच संवाद हुन नसकेको अवस्थामा यो भेटले ‘आइसब्रेक’ गरेको एकीकृत समाजवादीका एक नेताले बताए। ‘तर यसलाई सकारात्मक रुपमा लियौं भने यसले आइसब्रेक भएको छ’, उनले भने।

ओलीको प्रस्तावले खासै आशावादी नभएको भनिएका नेपालले यसबारे राजनीतिक दलहरुसँग घनीभूत छलफलमा लाग्न नेताहरुलाई भनेका थिए। ‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिकै आधारमा अगाडि बढ्नका लागि सबै जसो राजनीतिक दलहरुसँग अब घनीभूत रुपमा अगाडि बढाउँ’ नेताहरुलाई नेपालले भनेका थिए, ‘अब समय धेरै पनि छैन । वार्ता गरौं ।’

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक