शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रचण्डसँग सहमति गरिहाल्ने हतारोमा कांग्रेस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान : सभापति देउवा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरुको बालुवाटार दौडधुप बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । यसअघि शनिबार मात्र पूर्व उपसभापति विमलेन्द्र निधिले भेटेका थिए भने अरु नेताहरुले पनि भेटिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पनि सत्ता सहयात्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा कांग्रेस नेताहरुसँग बढी खुल्ने गरेका छन् । प्रचण्डको एमाले अध्यक्ष ओलीसँग भेट त निरन्तर भइरहेको छ । तर राष्ट्रपतिबारे कुनै सहमति हुन सकेको छैन । ओलीले १० पुसको सहमति सम्झाउने गरेका छन् भने प्रचण्डले २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको तर्क गर्ने गरेका छन् । स्रोतका अनुसार राष्ट्रपतिका सन्दर्भमा दुई नेताले कुनै ठोस प्रस्ताव अघि सारेका छैनन् । ओलीको आशंका छ, पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार अघि सार्ने हो भने प्रचण्ड कांग्रेसतिर जान्छन् । त्यसैले अन्तिमसम्म इन्गेज गरिराख्न चाहन्छन् उनी । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले राष्ट्रपतिको उम्मेदवार (उम्मेदवारी दर्ता गर्ने दिन) १३ गते मात्र थाहा हुने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भने यसले थप शशंकीत बनाएको छ । सभामुखमा जस्तै ओलीले अन्तिम समयमा आफ्नो विश्वास पात्रलाई अघि सार्ने र अर्को विकल्पबारे छलफल नै गर्ने अवसर समेत नपाउने उनको चिन्ता छ । नेताहरुका अनुसार अहिलेको अवस्था भनेको ओलीप्रति प्रचण्डको अविश्वास बढ्दो छ, तर सहकार्य पनि टुटिसकेको छैन । कांग्रेस नेताहरु भने यही बेला प्रचण्डसँग ‘डिल’ गर्न चाहन्छन् । ‘प्रधानमन्त्रीसँग नेताहरुको निरन्तर सम्वाद भइरहेको छ,’ एक पदाधिकारी भन्छन्, ‘माओवादीसँग सहकार्यको विषय टुंगिने क्रममा छ । हामी सकेसम्म छिट्टै टुंग्याउन चाहन्छौं ।’ नेताहरुका अनुसार कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सहमत देखिएका छन् । तर उनका केही आशंका छ । राष्ट्रपति लिएपछि कांग्रेसले फेरि दुई ठूला दल मिल्नुपर्छ भनेर एमालेसँग सहकार्य त थाल्ने होइन भन्ने उनको आशंका छ । प्रचण्डलाई आशंका नहोस् भनेर कांग्रेस शीर्ष नेताहरुले एमाले नेतृत्वसँग भेटवार्ता गरेका छैनन् । प्रचण्डलाई भेटेका नेताहरुका अनुसार यो आशंकालाई धेरै हदसम्म निवारण गरिएको छ । यसका लागि संस्थागत रुपमा समझदारी गर्न तयार रहेको सन्देश कांग्रेस नेताहरुले दिएका छन् ।

नेताहरुका अनुसार ३ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी २ वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी जस्तै छ । यदि प्रचण्डले चाहने हो भने ५ वर्ष सरकारको नेतृत्व दिन समेत पार्टी तयार हुनुपर्ने मत कांग्रेसमा बलियो बनेको छ । प्रधानमन्त्री प्रचण्डकोे अर्को त्रास छिमेकी भारतको संस्थापन पक्षले असहयोग गर्ने त होइन भन्ने छ । नेताहरुका अनुसार, चुनावपछि आफूलाई प्रधानमन्त्री स्वीकार नगर्नुमा कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा मात्र होइनन् भन्ने प्रचण्डको बुझाइ थियो । त्यसैले भोलिका दिनमा पनि भारतले आफ्नो सरकारलाई असहयोग गर्ने उनको त्रास छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको भ्रमणले प्रचण्डको यो आशंकालाई धेरै हदसम्म निवारण गरेको बताउँछन् कांग्रेस र माओवादीका नेताहरु । नेपालका लागि राजदूत रहिसकेका क्वात्रा कांग्रेस–माओवादी गठबन्धनका पक्षपाती मानिन्छन् ।

भ्रमणका क्रममा उनले आफूहरु कांग्रेस–माओवादी गठबन्धनकै पक्षमा रहेको सन्देश दिएको स्रोतको दाबी छ । १ फागुनमा काठमाडौं आएका उनले दुई दिने बसाईमा गरेको राजनीतिक भेटघाटले पनि त्यही संकेत गर्छ । उनले कांग्रेसका बालकृष्ण खाँणदेखि मधेस केन्द्रित दलका सबै नेताहरुलाई प्राथमिकताका साथ भेटे । तर संसदमा भएको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौं दल राप्रपाका नेतृत्वलाई भेटेनन् । एमाले अध्यक्ष ओलीप्रति कायम अविश्वास, कांग्रेस नेताहरुसँग निरन्तर चलिरहेको वार्ता र भारतीय विदेश सचिवको भ्रमणपछि प्रचण्ड, कांग्रेसतिर ढल्किँदै गएको आभाव आफूहरुलाई पनि हुन थालेको माओवादी नेताहरु बताउँछन् । तर कांग्रेससँग दिर्घकालीन सहकार्य हुन नसक्ने भएकाले वामपन्थी आन्दोलनसँग जोडिएको व्यक्तिलाई राष्ट्रपति बनाएर एमाले र माओवादी गठबन्धन जोगाउनुपर्ने दबाव माओवादीमा छ । यदि एमाले अध्यक्ष ओली त्यसमा तयार भइहाल्ने हो भने हुनै लागेको सहमति भाँडिनसक्ने कांग्रेस नेताहरुको बुझाइ छ । त्यसैले कांग्रेस नेताहरु प्रचण्डलाई सहमत गराएर राष्ट्रपतिको उम्मेदवार केही दिनमै टुंग्याउन चाहन्छन् । आइतबार भएको भेटमा सहभागी वरिष्ठ नेता पौडेलका अनुसार राष्ट्रपतिमा सघाउन गरेको आग्रह प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन् । प्रधानमन्त्रीले पार्टीमा छलफल गर्ने बचन दिएको भन्दै उनले भने, एकदुई दिनमा टुंगो लाग्छ होला ।’

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक